ललितपुर,२० असार । दोस्रो चरणको स्थानीय चुनाव भएका जिल्लाहरुको मतपरिणाम अन्तिर चरणका पुगेको छ ।
अहिलेसम्म ८० प्रतिशत भन्दा स्थानको मतपरिणाम आइसकेको छ । ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्ये विहान सवा ८ बजेसम्म २ सय ७५ तहको परिणाम सार्वजनिक भएको छ । चुनावी नतिजामा नेकपा एमालेले सबैभन्दा धेरै ठाउँमा जित हाँसिल गरेको छ ।
एमालेले प्रदेश नम्बर १ मा ५३, प्रदेश ५ मा ३३ र प्रदेश ७ मा ३४ स्थानीय तह जितेर १ सय २० स्थान सुरक्षित गरिसकेको छ । कांग्रेस १०३ स्थानीय तह जितेर दोस्रो स्थानमा रहेको छ । कांग्रेसले हालसम्म प्रदेश नम्बर १ मा ३८, प्रदेश ५ मा २९ र प्रदेश ७ मा ३६ स्थानीय तह जितेको छ ।
माओवादी केन्द्रले प्रदेश नम्बर १ मा ८, प्रदेश ५ मा १९ र प्रदेश ७ मा ७ स्थानीय तह जितेर ३४ सिटसहित तेस्रो स्थान सुरक्षित गरेको छ । यस्तै, संघीय समाजवादी फोरमले ६ सिटसहित चौथो स्थानमा रहेको छ । फोरम लोकतान्त्रिकले प्रदेश ५ सिटसहित पाँचौं स्थानमा रहेको छ । राप्रपाले तीन र राष्ट्रिय जनमोर्चा दुई स्थानीय जितेका छन् भने राष्ट्रिय जनता पार्टीका स्वतन्त्र उम्मेदवारले एक स्थान जितेका छन् ।