बुधबार, माघ ३०, २०८१

प्रथम मिस्टर तामाङ-२०२४ काे उपाधि काभ्रेको अतित लामालाई

काठमाडौं । प्रथम मिस्टर तामाङ-२०२४ को विजेता काभ्रेका अतित लामम बम्जन हुन सफल भएका छन् ।

मंगलबार सम्पन्न भएको फाईनलमा भुम्लु गाँउपालिका चौबास निवासी अतित बम्जन तामाङ प्रथम मिस्टर तामाङ – २०२४ हुन सफल भएका हुन् ।

त्यसैगरी, “तामाङ कला र प्रतिभाको सम्मान” भन्ने नाराका साथ मम्स ईन्टरनेशनल नेपालले आयोजना गरेकाे प्रथम मिस्टर तामाङ -२०२४ काे फष्ट रनरअप काभ्रे मण्डन देउपुर निवासी अनिल तामाङ र सेकेण्ड रनरअप झापा निवासी बिश्वराज तामाङ बन्न सफल भएका छन् । विजेतालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङले प्रथम मिस्टर तामाङ – २०२४ काे उपाधि हस्तान्तरण गरेका थिए ।

फाइनलमा दर्शकको भोटिङ संगै निर्णायक मण्डलले दिएका मार्किङको आधारमा प्रतियोगीहरु मध्यबाट उत्कृष्ट छनौट गरि पहिलो, दोस्रो र तेस्रो विजेता घोषणा गरिएकाे थियाे । कार्यक्रममा जुरी मेम्बर्सबाट प्रश्न गरी प्रश्नको उत्तर प्रतियोगीहरुलाई लिखित र मौखिक रुपमा दिन लगाएका थिए ।

प्रतियोगीहरुलाई जुरी मेम्बर्सबाट तामाङ हुनुमा के कुराले गर्व लाग्छ ?, नेपालको वर्तमान शिक्षा प्रणालिको मुख्य समस्या के हो ?, नगद पैसाले तपाई खुशी किन्न सक्नुहुन्छ कि हु्न्न जस्ता केही प्रश्नहरु गरेका थिए ।

ग्रैण्ड फिनालेमा जुरी मेम्बर्सको रुपमा केडी मोक्तान, अमिर दोङ, अरुणा श्रेष्ठ र चाँदनी मोक्तान रहेका थिए । प्रथम मिस्टर तामाङ – २०२४ मा १५ जना प्रतियोगीहरू सहभागी भएका थिए ।