बिहिबार, बैशाख ०६, २०८१

जीवनस्तर बढाउन लगानी वृद्धि गर्न प्रधानमन्त्रीको आग्रह

धनगढी,१९ असार । पूर्वाधारका क्षेत्रमा लगानी वृद्धि गरी यस क्षेत्रका जनताको जीवनस्तर माथि उठाउने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।

असार १९ र २० गते धनगढीमा सुरु भएको कार्यशाला गोष्ठीमा बोल्दै उनले यसो बताएका हुन् । यस क्षेत्रका नागरिकको जीवनस्तर उठाउन लगानी वृद्धिका साथै लगानीको प्रभावकारी कार्यान्वयन गर्ने समेत उनले आश्वासन् दिएका छन् ।

कार्यक्रममा बोल्दै भुतपूर्व भौंतिक पुर्वाधार तथा यातायात मन्त्री लेखराज भटट्ले उक्त क्षेत्र विकासका लागि सबै दलहरु दलगत स्वार्थभन्दा माथि उठ्न पर्ने बताए ।

त्यस्तै राष्टिय योजना आयोगका माननीय सदस्य तथा सुदुर पश्चीम बिकास आयोगका अध्यक्ष डा. प्रभु बुढाथोकीले भने यस क्षेत्रको बिकासका लागी लगानी बढाउन योजना आयोगका तर्फबाट प्रयास गर्ने प्रतिवद्धता जनाएका थिए ।