काठमाडौं,१९ असार । दोस्रो चरणको चुनावमा पनि नेकपा एमालेले १०० बढी स्थानीय तह जितेको छ । सोमबार विहान एमालेले पछिल्लो मत परिणाम अनुसार १०१ स्थानीय तहमा जित हासिल गरेको हो । अहिलेसम्म २३४ स्थानीय तहको नतिजा बाहिर आएको छ ।
एमालेले प्रदेश नम्बर १ मा ४७ स्थानीय तह जितेको छ । प्रदेश नम्बर ५ मा २५ र ७ मा २९ स्थानीय तह जितेको छ ।
एमालेलाई कांग्रेसले एमाले ८९ स्थानीय तह जितेर पछ्याइरहेको छ । दोस्रो चरणको चुनावको मतपरिणाम एमाले १०३,कांगेस ९०,माओवादी केन्द्र ३० स्थानमा जितेको छ ।
संघीय समाजवादी फोरम र नयाँ शक्तिले ६ स्थानीय तह जितेका छन् । फोरम लोकतान्त्रिकले २ र राष्ट्रिय जनमोर्चाले २ स्थानीय तह जितेको छ । पहिलो चरणमा एमालेले १२५ स्थानीय तह जितेको थियो ।