जापान,१७ असार । गैर-आवशिय नेपाली संघ (एनआरएनए ) जापानको सेन्दाई क्षेत्रमा डम्बर चौहानको नेतृत्वमा सर्वसम्मत १३ सदस्यिय कार्यसमिति चयन भएको छ ।
शनिवार भएको प्रथम अधिवेशनबाट चौहानलाई संयोजक बनाउदै उपसंयोजकमा द्वय क्रमश घनस्याम भुषाल , बिनोद चन्द सचिव ज्वाला गुरुङ ,ससचिव छिरिङ नुरु शेर्पा ,कोषाध्यक्ष हरि गोपाल श्रेष्ठ , सदस्यमा क्रमश: सुनिता सिके,सन्तोष गिरी,आङ गेल्बु शेर्पा र निरज घिमिरे,रविन्द्र शाक्य,ज्योति पुन र बिरेन्द्र चलाउने सर्वसहमति चयन हुनु भएका छन ।
उक्त अधिवेशनमा एनआरएनए जापानको अध्यक्ष सुदन थापा,उपाध्यक्ष देवीलाल भण्डारी,टासी लामा,सचिव बुद्धिराज घिमिरे ,सदस्य बाबूराम भण्डारी,पोखरा समाज जापानका अध्यक्ष शिवप्रसाद पौड़ेल,एनआरएनए अभियंता पर्शुराम बस्नेत लगाएतको आथिथ्यतामा कार्यक्रम सम्पन्न भयो ।
नव गठित कमिटिलाई अधिवेसनका प्रमुख अतिथि एनआरएनए जापानको अध्यक्ष सुदन थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भयो।
त्यसै गरी एनआरएनए सचिव तथा सेन्दाई क्षेत्रिय कमिटि प्रथम अधिवेसन आयोजक कमिटिको कार्यवाहक संयोजक बुद्धि राज घिमिरे अधिवेशनलाई सम्बोधन गर्दै तेज़ अर्याल,प्रल्हादसिं महतसंगै अधिवेसन आयोजक कमिटीलाई पनि अधिवेसन सफल गर्नु भएकोमा हार्दिक धन्यवाद ब्यक्त गर्दै सेन्दाईवासी नेपालीहरुको एकताप्रति हार्दिक आभार व्यक्तगरेका छन ।