काठमाडौं । दोस्रो बौद्धनाथ क्षेत्र विकास कप सेभेन ए साइट ओपन नकआउट प्रतियोगिताकाे उपाधि बौद्ध अजिमा कन्स्ट्रक्सन टिमले जितेको छ ।
शनिबार बौद्ध फुटबल ग्राउण्डमा भएको फाइनल खेलमा निर्धारित समयमा कुनै पनप गोल नभए पछि खेल ट्राइब्रेकरमा पुगी बौद्ध अजिमा कन्स्ट्रक्सनले विजयी हासिल गरेकाे हाे । अजिमा कन्स्ट्रक्सनले ताकामी एफसीलाई ५-४ गोल अन्तरले हराएको थियाे।
यसैगरी, फाईनल खेलमा ताकामी एफसी द्वितीय भएकाे छ । ताकामीका कुन्साङ श्रेष्ठ बेष्ट प्लेयर भए भने बेस्ट किपर बौद्ध अजिमाका गोलकिपर सोनाम शेर्पा भएका छन् ।
विजयी टिम र खेलाडीहरुलाई श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा, सदस्यहरू जानुका भण्डारी, रग्बा शेर्पा, सुरज रूम्बा लगायतले नगद पुरस्कार, ट्रफी, मेडल हस्तान्तरण गरेका थिए ।
विजेता बौद्ध अजिमा कन्स्ट्रक्सनले ट्रफी सहित ५५ हजर पाँच सय ५५ प्राप्त गरेकाे छ भने ताकामी एफसीले ट्रफी सहित २५ हजार पाँच सय ५५ प्राप्त गरेको छ । यस्तै ,बेस्ट प्लेयर र गोलकिपरले ट्रफीका साथै नगद रु ५ हजार प्राप्त गरेका छन् ।श्री बौद्धनाथ क्षेत्र
समितिका अध्यक्ष राजकुमार लामाले आफ्नाे क्षेत्रभित्र रहेका खेलाडीहरूलाई प्रोत्साहन गर्ने उदेश्यले खेलकुद लगायत सामाजिक विकासका कार्यलाई समितिले प्राथमिकता दिदै आएकाे जानकारी गराए । समितिले यस वर्ष मात्रै तीन वटा खेलकुदकाे आयाेजना गरिसकेकाे बताउँदै अध्यक्ष लामाले खेलकुदलाई चलायमान बनाउनका लागि समितिले यस्ता खाले कार्यक्रम आयाेजना गर्दै आएको बताए ।
प्रतियोगिता सफल बनाउन सहयोग पुर्याउने सबैलाई टुसाल युवा क्लबका अध्यक्ष विजय लामाले धन्यवाद व्यक्त गरेका छन् ।