शुक्रबार, कार्तिक २३, २०८१

नयाँ पाइला समाज नेपालको आयोजनामा रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं । नयाँ पाइला समाज नेपालको आयोजनामा बृहत खुल्ला रक्तदान एवं निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

शनिबार धुम्बराहीस्थित शंङ्खपार्कमा लाईन्स क्लब अफ काठमाडौं बालकुमारी साङ्लाकाे सहकार्य तथा नेत्र ज्याेति संघ कृतिपुर, ओम समाज डेन्टल हस्पिटल चाबहिल, अक्सिजन क्लिनिक सर्भिस, शिवपुरी हेल्थ केयर सेन्टर र नेपाल रेडक्रस केन्द्रीय रक्त संचार सेवा सोल्टी मोडका प्राविधिक टाेलीकाे उपस्थितिमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम  सम्पन्न भएको हाे ।

शिविरमा  प्रेसर , सुगर, दन्त परीक्षण तथा आँखा जाँच सेवा   निःशुल्क प्रदान गरिनुका साथै सहभागी बिरामीहरूलाई स्वास्थ्य सम्बन्धी आवश्यक सुझाव परामर्श समेत दिईएकाे थियाे ।

शिविरमा ९ सय जना भन्दा धेरैले सेवा लिएका थिए । जसमध्ये ४ सय भन्दाबढीले निःशुल्क सुगर परीक्षण गरेका थिए भने २५६ जनाको आँखा परीक्षण र ३०४ जनाले दन्त परिक्षण गरेका थिए ।

यसैगरी, बजारमा देखिएको रगत अभावलाई कम गर्न आयोजित रक्तदानमा ३८ जनाले रक्तदान गरेको नयाँ पाईला समाज नेपालकी अध्यक्ष मृदुला शर्माले जानकारी दिईन्। नयाँ पाईला समाज विशुद्ध सामाजिक संस्था भएको जनाउँदै अध्यक्ष शर्माले समाजप्रतिको दायित्व पुरा गर्न रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको समेत बताईन् ।

यस्तै, नागरिकको स्वास्थ्य सेवामा पहुँच पुराउने उद्देश्यले शिविरको आयोजना गरिएको कार्यक्रम संयाेजक राजन थापाले जानकारी दिए ।