सोमबार, जेठ १४, २०८१

मतपरिणाम आउनेक्रम जारी : एमाले दुई,कांग्रेस र माओवादी एक/एक स्थानमा बिजयी

काठमाडौं,१६ असार । दोस्रो चरणको स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र एमालेले बझाङबाट बिजयी सुरुवात गरेका छन् भने नेकपा माओवादी केन्द्रले सोलुखुम्वुबाट आफ्नो बिजयी सुरुवात गरेको छ । बझाङको काँडा गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा कांग्रेसका राजेन्द्र बोहोरा बिजयी भएका हुन् । त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै कल्पना बोहोरा बिजयी भएकी छन् ।

एमालेले पनि बझाङबाटै बिजयी सुरुवात गरेको छ । बझाङको मस्टा गाउँपालिकामा एमाले बिजयी भएको छ । मस्टा गाउँपालिका अध्यक्षमा एमालेका कर्णबहावदुर कठायत ७५४ मत प्राप्त गरि बिजयी भएका छन् । त्यस्तै उपाध्यक्षमा पनि एमालेकै भगवती बोहोरा बिजयी भएकी छन् । गाउँपालिकाका सबै वडामा एमालेले जितेको छ । त्यसैगरी बाजुराको बाण्डवगुफा गाउँपालिकामा एमाले उम्मेद्धार बिजयी भएका छन् । एमाले उम्मेद्धार कालीबहादुर शाही विजयी भएका छन् भने उपाध्यक्षमा एमालेकै ऐना गिरी बिजयी भएकी छिन् ।

त्यस्तै सोलुखुम्बुको लिखुविके गाउँपालिकामा नेकपा माओवादी केन्द्र बिजयी भएको छ । अध्यक्षमा माओवादी केन्द्रका डम्बरबहादुर बस्नेतले ११३६ र उपाध्यक्षमा माओवादी केन्द्रकै प्रमिला बस्नेतले १०४२ मत ल्याई विजयी भएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार एक सय भन्दा बढि ठाउँमा एमालेले अग्रता लिएको छ भने नेपाली कांग्रेसले पनि झण्डै एकसय स्थानमा अग्रता लिएको छ ।