शुक्रबार, असोज ०५, २०८०

दोस्रो चुनाव अन्तरगत अधिकांस ठाउँमा मतगणना सुरु

काठमाडौं,१५ असार । दोस्रो चरणको चुनाव अन्र्तगत अधिकांस ठाउँमा मतगणना सुरु भएको छ । प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ गाउँपालिकारनगरपालिकाको नेतृत्व चयनका लागि बुधबार मतदान सकिएलगत्तै रातीबाट मतगणना सुरु भएको हो । बिहानसम्मको जानकारी अनुसार २ सयभन्दा बढी ठाउँमा मतगणना भइरहेको छ । मतगणनामा एमाले र कांग्रेसको कडा प्रतिस्पर्धा रहेको छ । प्रार।म्भिक जानकारी अनुसार एमालेको अग्रता धेरै ठाउँमा देखिएको छ ।

बाजुरा
बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा नेपाली कांग्रेसका रामबहादुर कार्की विजयी हुनुभएको छ । उहाँ ५ सय ४० मत ल्याएर विजयी हुनु भएको हो ।
नवलपरासी
नवलपरासीको प्रतापपुर नगरपालिकाको वडा नम्बर १ मा कांग्रेसका सबै उम्मेदवार विजयी भएका छन् ।अध्यक्षमा ४७८ मत ल्याएर कांग्रेस उम्मेदवार विजयी भए भने उपाध्यक्षमा कांग्रेस उम्मेदवारले ५४९ मत ल्याएर विजयी भए ।
प्यूठान
प्यूठानको सरुमारानी गाउँपालिकाको वडा नम्बर १ र ६ मा बुधबार रातीदेखि मतगणना सुरु भएको छ । बिहीबार विहानसम्म वडा नम्बर १ मा माओवादी केन्द्रले अग्रता लिएको छ । उसले १ सय ५९ मत ल्याएको छ ।
रोल्पा
रोल्पाका चारवटा स्थानीय तहमा मतगणना सुरु भएको छ । माडी, त्रिवेणी, रुन्चीगली गाउँपालिकामा मतगणना सुरु भएको छ । केहीमा बुधबार राति र बिहीबार बिहानदेखि मतगणना सुरु भएको हो ।
बर्दिया
बर्दियाका चार ओटा स्थानीय तहमा बुधबार रातिदेखि मतगणना सुरु भएको छ । मधुवन नगरपालिका, बासँगढी नगरपालिका, गेरुवा गाउँपालिका र ठाकुरबाबा नगरपालिकामा बुधबार रातिदेखि मतगणना सुरु भएको हो । एमाले अगाडी देखिएको छ । नतिजा बाहिर ल्याइएको छैन ।
पाँचथर
पाँचथरको दुम्बेवा गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । बुधबार राति १० बजेदेखि मतगणना सुरु भएकोमा प्रारम्भीक नतिजा आउँदासम्म गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवारले अग्रता लिनुभएको हो ।
रुपन्देही
प्रदेश नम्बर ५ अन्तर्गत रुपन्देहीको बुलटवल उपमहानगरपालिका, देवदह नगरपालिका र सिद्धार्थनगर नगरपालिकामा अहिले मतगणना भइरहेको छ । बुटवलमा बिहीबार बिहान ४ बजेदेखि मतगणना सुरु भएको हो । यस्तै देवदह र सिद्धार्थनगरमा राति १ बजेदेखि मतगणना भइरहेको हो ।
सुनसरी
सुनसरीको दुई गाउँपालिका मतगणना सुरु भएको छ । गढी गाउँपालिका र बर्जु गाउँपालिकामा राती ११ बजेदेखि मतगणना सुरु भएको हो ।
उदयपुर
प्रदेश नम्बर १ अन्तर्गत उदयपुरको एक नगरपालिकामा बुधबार रातिदेखि नै मतगणना सुरु भएको छ । चौदण्डी नरपालिकामा मतगणना सुरु भएको हो ।
बाँके,
बाँकेको डुडुवा गाउँपालिकामा बुधबार रातिदेखि सुरु भएको मतगणनामा संघीय समाजवादी फोरम नेपालले अग्रता लिएको छ । डुडुवा गाउँपालिकामा राति दुई बजेदेखि मतगणना सुरु भएको हो । अहिले वडा नम्बर १ को मतगणना भइरहेको छ ।
झापा,
प्रदेश नम्बर एक अन्तर्गतको झापाको एक नगरपालिकामा बुधबार रातिदेखि नै मतगणना सुरु भएको छ । झापाको दमक नगरपालिका राति १२ बजेदेखि मतगणा सुरु भएको हो ।
कञ्चनपुर,
प्रदेश नम्बर ७ मा रहेको कञ्चनपुरका दुई नगरपालिकामा बुधबार रातिदेखि नै मतगणना सुरु भएको छ । कञ्चनपुरको पुर्नवास र महाकाली नगरपालिकामा रातिदेखि नै मतगणना भइरहेको हो ।
रुपन्देही,
दोस्रो चरणको स्थानीय चुनाव अन्तर्गत बुधबार मतदान भएको रुपन्देहीका चार गाउँपालिकामा मतगणा भइरहेको छ । मर्चवार क्षेत्रका चार गाउँपालिकामा बुधबार रातिदेखि नै मतगणना भइरहेको हो ।