विराटनगर । प्रधानमन्त्री पुष्पमकल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल वर्तमान समीकरण भन्दा बाहिर नजाने बताएका छन् ।
बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले आफूले बिहान अध्यक्ष नेपालसँग कुराकानी गरेको र उहाँ अर्को गठबन्धनमा नजाने बताएका हुन् । कुराकानीका क्रममा अध्यक्ष नेपालले आफू अहिलेको सत्तासमीकरण भन्दा बाहिर नरहेको बताउनुभएको प्रधानमन्त्रीले जानकारी दिए ।
उनले भने, ‘उहाँ केही पहिलेदेखि दुबैतिर जोडिएजस्तो देखिए पनि मेरो आज बिहान मात्र कुराकानी हुँदा उहाँले म यो समीकरण भन्दा बाहिर नरहेको कुरा स्पष्टसँग राख्नुभयो ।’ उनले मधेसमा पनि समीकरण भन्दा बाहिर कोही नहुने दाबी गरे । प्रधानमन्त्रीले माधव नेपाल विपक्षी दलको बैठकमा सहभागी भएपछि बिहीबार बिहान पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग भेटवार्ता गरेका थिए ।