इन्डियन प्रिमियर लिग (आईपिएल) २०२४ को उपाधि कोलकाता नाइट राइडर्सले जितेकाे छ ।
आईताबार राति सम्पन्न फाइनलमा सनराइजर्स हैदरावादलाई आठ विकेटले पराजित गर्दै कोलकाताले उपाधि जितेको हो ।
उपाधिका लागि भएको खेलमा हैदराबादले दिएको १ सय १४ रनको लक्ष्य कोलकाताले १०. ३ ओभरमा दुई विकेट क्षतिमा पुरा गर्यो ।