बुधबार, असोज ०२, २०८१

बाइडनद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका छन् ।

युक्रेनका लागि अति आवश्यक सैन्य सहायतालाई अनुमति दिनेसम्बन्धी विधेयकमा बुधबार हस्ताक्षर गरेपछि उनले किएभलाई नयाँ सहयोग पठाउन थाल्ने बताएका हुन् ।

इजरायल र ताइवानका लागि सहयोग र संयुक्त राज्य अमेरिकामा टिकटकमाथि सम्भावित प्रतिबन्ध लगाउने उपायसहित ९५ अर्ब डलरको प्याकेज पारित भएको छ, जुन महिनौंको ढिलाइपछि आएको हो । यसले युक्रेनी सेनालाई गोलाबारुदको अभाव र युद्धभूमिको असफलताको सामना गर्नुपरेको थियो ।

“मैले यसै साता प्रतिनिधि सभा र सिनेटले पारित गरेको राष्ट्रिय सुरक्षा प्याकेजमा हस्ताक्षर गरेको छु”, बाइडनले भने, “यससँगै अबको केही घण्टाभित्रै ढुवानी तत्काल सुरु हुने सुनिश्चित भएको छ ।”

राष्ट्रपति वाइडेनले भने, “यसले अमेरिका र सारा विश्वलाई सुरक्षित बनाउनेछ साथै यसले विश्वमा अमेरिकी नेतृत्वलाई निरन्तरता दिनेछ र सबैलाई थाहा छ ।”