शुक्रबार, कार्तिक २३, २०८१

`सर्वोत्कृष्ट तामाङ गीत गायक वर्ष अवार्ड २०२४´ गायक प्रकाश वाइबालाई

काठमाडौं । गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड-२०२४ को ग्राण्ड फिनालेमा सिन्धुलीका गायक प्रकाश वाइबाले सर्वोत्कृष्ट तामाङ गीत गायक बर्ष अवार्ड २०२४ पाउन सफल भएका छन् ।

“अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहन,मौलिक गीत संगीतको संरक्षण हाम्रो अभियान” भन्ने मूल नाराका साथ बि.एस.के.एक्टिभ नेपाल प्रोडक्सन प्रा.लि.ले राष्ट्रिय नाचघर जमलमा आयोजना गरेको उक्त कार्यक्रममा उप—सभामुख ईन्दिरा राना मगर तथा पूर्व संस्कृति,पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री परशुराम तामाङ लगायतले सबै विधामा विजेता भएका कलाकारहरुलाई अवार्ड प्रदान गरेका थिए।

सर्वोत्कृष्ट पप गीतको अवार्ड गायक सरगम राईले जितेकी छिन् भने पप गीतबाटै सर्वोत्कृष्ट मोडल पुरुषतर्फ शिरेश थापा,महिलातर्फ शुशिला तामाङ,शब्द रचनातर्फ रोजन लामा र सर्वोत्कृष्ट निर्देशकमा लोकेन्द्र तामाङले अवार्ड प्राप्त गरेका छन्। यस्तै,लोक दोहोरीतर्फ सर्वोत्कृष्ट गायिकाको अवार्ड कमला थापा,सर्वोत्कृष्ट लोक दोहोररी महिला मोडलको अवार्ड रितु तामाङ र सर्वोत्कृष्ट लोक दोहोरी मोडल-महिला,पब्लिक च्वाइसको अवार्ड नारायणीले जितेका छन्।

यसैगरी सर्वोत्कृष्ट लोक दोहोरी गायकको अवार्ड रामहरि भण्डारीले हात पार्दा गायक यमन खनालले सर्वोत्कृष्ट लोक दोहोरी गायक पब्लिक च्वाइसको अवार्ड प्राप्त गरेका छन्। सर्वोत्कृष्ट लोक दोहोरी कम्पोजरमा मदन नेपाली सुफिक्स,सर्वोत्कृष्ट लोक दोहोरी नव मोडलमा पुरुषतर्फ राम कुमार गजमेर,सर्वोत्कृष्ट देउडा गायकमा गोर बहादुर कार्की,सर्वोत्कृष्ट सालैजो गायिकामा पार्वती थापा र सर्वोत्कृष्ट सालैजो निर्देशकमा सिताराम रानाले अवार्ड प्राप्त गरेका छन्।

चलचित्रतर्फ सर्वोत्कृष्ट निर्देशक(तामाङ चलचित्रबाट)को अवार्ड राज किङ वाइबा(सुक बहादुर तामाङ)ले जितेका छन् भने सर्वोत्कृष्ट नायकको अवार्ड(तामाङ चलचित्रबाट) सोनाम तामाङ र सर्वोत्कृष्ट नव नायिकाको अवार्ड संगिता तितुङले जितेका छन्। तामाङ चलचित्रबाटै सर्वोत्कृष्ट छायांकारको अवार्ड सन्चु थोकर तामाङलाई र सर्वोत्कृष्ट सह—निर्देशकको अवार्ड रेशम कुमार श्याउली तामाङलाई प्रदान गरिएको छ।

त्यसैगरी ङिमा घेल लामा शेर्पाले शेर्पा गीतमार्फत सर्वोत्कृष्ट गायकको अवार्ड जितेका छन्। सेलो गीततर्फ सर्वोत्कृष्ट महिला मोडलको विजेता मनिका सिन्ताना तामाङ,सर्वोत्कृष्ट महिला नव मोडल यमुना मगर,सर्वोत्कृष्ट पुरुष नव मोडल उपेन्द्र खड्का,सर्वोत्कृष्ट पुरुष मोडल अमृत तामाङ,सर्वोत्कृष्ट शब्दकार स्व.लिलि योन्जन,सर्वोत्कृष्ट गायक जोगलाल तामाङ,सर्वोत्कृष्ट गायिका विपना तामाङ ले अवार्ड प्राप्त गरेका छन्।

आधुनिक गीततर्फ प्रचण्ड बाबु राईले सर्वोत्कृष्ट गायक,निता आचार्यले सर्वोत्कृष्ट गायिका,भिम बहादुर मगरले सर्वोत्कृष्ट गायक(नेपाली आइटम),प्रिति रिमालले सर्वोत्कृष्ट गायिका(पब्लिक च्वाइस),शंकर थापा स्माइलले सर्वोत्कृष्ट संगीतकार,कृष्ण क्षेत्री(नेपाली मान्छे)ले सर्वोत्कृष्ट रचनाकार र गोविन्द सोनीले सर्वोत्कृष्ट ध्वनी मिश्रणको अवार्ड जितेका छन्।

त्यसैगरी म्हेन्दोमाया गीततर्फ रमेश गोम्जाले सर्वोत्कृष्ट गायकको अवार्ड जित्दा रिचा ब्लोनले सर्वोत्कृष्ट गायिकाको अवार्ड प्राप्त गरेका छन्। सर्वोत्कृष्ट नव गायिकामा सन्जु लामा,सर्वोत्कृष्ट मोडल महिलामा ममता तामाङ,सर्वोत्कृष्ट मोडल महिला(पब्लिक च्वाइस०मा सुनिता तामाङ,सर्वोत्कृष्ट महिला मोडल(जुरी अवार्ड )ननिता तामाङ,सर्वोत्कृष्ट नव गायिका जुरी अवार्डमा मिना तामाङ,सर्वोत्कृष्ट पुरुष मोडलमा दुर ब्रेब गुरुङ,सर्वोत्कृष्ट निर्देशकमा एम।बी। गुरुङ र सर्वोत्कृष्ट नव गायकमा सुर्य लामाले अवार्ड जितेका छन्। सो कार्यक्रममा ४७ विधामा अवार्ड प्रदान गरिएको हो। अवार्डको निर्णायक मण्डलमा डिका गुरुङ,राजु खड्का,विजेन्द्र नौबागे,रोशन फ्युबा तामाङ,जित बहादुर पुन(जि पुन) र निरेन श्रेष्ठ थिए।

कार्यक्रममा गीत संगीत र चलचित्रमा योगदान पुर्‍याएका विभिन्न विधाका अग्रज कलाकारहरुलाई सम्मान गर्दै सम्मान पत्र वितरण गरिएको थियो।