आइतबार, जेठ ०६, २०८१

के जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनु पर्ने हो ?

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूले सहकारीबाट पैसा नलिएको दाबी गरेका छन् । मंगलबार सामाजिक संजालमार्फत उनले यो सबै जीबी राईको बदमासी भएको बताएका हुन् ।

उनले रवि लामिछानेको नाममा फेक धितो ऋण खाता क्रियट गरी ऋण प्रवाह भएको देखाइएको उल्लेख गर्दै ऋण नलिएको बताएका छन् ।

उनले भनेका छन्, ‘म सहकारी ठगी कार्यमा कहीँ कतैबाट नजोडिएको र नदेखिएको प्रमाणसहितको तथ्य पुष्टि हुँदाहुँदै प्रहरीको अनुसन्धान र अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने कार्यमा नलाग्न सबैलाई अनुरोध गर्दछु ।’

उनले कान्तिपुर लगायतका केही मिडियाहरुले आज फरक तरकारी पस्केका आरोप लगाएका छन् । उनले भने,’आलु काउली’ खाँदा खाँदा वाक्क लाग्याथ्यो। आज “काउली आलु आएछ। फरक त्यत्ति हो।’