वीरगञ्ज । अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर उत्साहजनक हुने बताएका छन् ।
कान्तिपुर मिडिया ग्रुपले शनिबार वीरगञ्जमा आयोजना गरेको वीरगञ्जको वाणी बहसमुलक कार्यक्रमअन्र्तगत ‘अर्थमन्त्रीलाई प्रश्नैप्रश्न’ शीषको सत्रमा सम्बोधन गर्दै अर्थमन्त्री पुनले मुलुकको आर्थिक वृद्धिदर उत्साहजनक हुने बताएका हुन् ।
“विश्व बैंकको तथ्याङ्कले पनि साढे तीन प्रतिशतभन्दा धेरै आर्थिक वृद्धि हुने देखाएको छ”, उनले भने, “बजेटमा उल्लेख गरेजस्तो आर्थिक वृद्धि नभए पनि यो वर्ष सम्मानजनक आर्थिक वृद्धि हुनेमा आशावादी रहेका छौँ ।”
उनले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा सरकारले छ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखे पनि समग्रमा आर्थिक वृद्धि उत्साहजनक हुने बताए ।
उनले आफूले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पुँजीगत खर्च झण्डै १० प्रतिशतले वृद्धि भएको बताए ।

