टोकियो,७ असार । एनआरएन जापानको चुनाव नजिकिएसँगै भावी नेतृत्वका निमित्त आआफ्नो लबिंगमा लागि परेको एनआरएनए जापानको सचिवका लागि बाशुदेव लामिछाने प्रमुख आकांक्षि देखिएका छन । जापानभर एक किसिमको नेटवर्क बनाएका लामिछानेको टोक्यो सहित एनआरएनए जापानको सबैजसो क्षेत्रहरुमा आफ्नो धेरथोर पकडकै कारण उनको प्रतिस्पर्दि को होला भन्ने धेरैको चासोको बिषय बनेको छ ।
आन्तरिक कसरतमा रहेका पुर्व क्षेत्रिय सचिव लामिछाने, मुख्य रुपमा देखिएका २ प्यानल मध्य हालसम्म कुन प्यानलबाट मैदानमा उत्रिएलान भन्ने सबैको अनुमानको निर्क्यौल, सम्पूर्ण क्षेत्रको अधिवेशन पश्चात प्रष्ट देखिने उनि निकट स्रोतको दाबि छ ।
एनआरएनए जापानमा हालसम्म अध्यक्ष पदका निमित्त टासी लामा र अनुज थापा प्रमुख आकांक्षी देखिएका छन् । लामा वर्तमान उपाध्यक्ष हुन् भने थापा महासचिव हुन् । सचिवका आकांक्षि बाशुदेव लामिछानेको सपोर्ट कता रहने भन्ने कुराले पनि केहि हदसम्म अध्यक्षको निर्वाचनमा असर पर्नसक्ने जनमानसको बुझाई छ ।
एनआरएनए आईसीसी अध्यक्षमा अनौपचारिक घोषणा गरिसकेका बहालवाला आईसीसी उपाध्यक्ष भवन भट्टले जापानमा निर्वाचन गराए अस्वस्थ प्रतिस्प्रदा हुने र त्यसको असर आईसिसिको निर्वाचनमा पर्ने धेरैको ठम्याईका कारण सकभर सहमतिय वातावरणको प्रयास अन्तिम समयसम्म गरिने जापानबासी नेपालीको बुझाई छ । सहमति नहुंदै गर्दा बर्तमान अध्यक्ष सुदन थापा पनि पुन: मैदानमा उत्रने आशंका धेरैको भएपनि उनि भने यस बिषयमा केहि बोलेका छैनन । सक्षम, सालिन र भद्र स्वभावका कारण जापानबासी नेपालीमाझ लोकप्रिय रहेका अध्यक्ष थापाले पुनः उम्मेदवारी दिने हुन् कि भन्ने आशंका जापानमा क्रियाशील राजनीतिक दलहरुमा रहेको बुझिएको छ ।
त्यस्तै महासचिव पदका लागि बुद्धि राज घिमिरे र जोन छन्त्याल आकांक्षी रहेका छन् । घिमिरे एनआरएन जापानको वर्तमान सचिव हुन भने करिव ३५ बर्ष जापानमा बिताएका छन्त्याल कान्तो क्षेत्रका पुर्व संयोजक हुन । बाह्र हजारभन्दा बढि सदस्य रहेको एनआरएन जापानको अधिवेशन आगामी अगष्टमा हुदैछ ।