शनिबार, असोज २६, २०८१

आईएनएस जापानको प्रथम महाधिवेशन जुन २५ मा हुने

टोकियो,६ असार । नयाँ शक्ति नेपाल पार्टीको प्रवासी संगठन अन्तर्राष्ट्रिय नेपाली समाज (आईएनएस) जापानको प्रथम महाधिवेशन यही जुन २५ तारिख आईतबार टोकियोमा हुने भएको छ ।
डाक्टर बाबुराम भटटराईले नेतृत्वको नया शक्ति नेपालले अबको निकास आर्थिक बिकास, सम्भव छ समृद्धि हाम्रै पालामा” भन्ने नारा सहित स्थापित पार्टीको जापान संगठनको प्रथम अधिवेशन पार्टीका केन्द्रीय नेताहरूको सहभागितामा हुन लागेको केन्द्रिय परिषद सदस्य तथा संगठनका संयोजक पदमसिंह ठगुन्नाले जानकारी गराएका छन् । अन्तराष्ट्रीय नेपाली समाज नयाँ शक्ति जापानको अधिवेशन यहि २५ तारीख़ टोकियोमा हुने भएको हो ।अधिवेशनको सम्पूर्ण तयारीका साथै अन्तराष्ट्रीय नेपाली समाज स्थापना भएको एक बर्षको अबधिमा हुन लागि रहेको अधिवेशनलाई सफल पर्नको लागि सम्पूर्ण जापानबासी नेपालीहरु आग्रह सो संगठनले अपील गरेको छ ।
जापानबाट युवाको खोजि युवाहरु परिवर्तनका सम्बाहक हुन् र नेपाली समाजलाई नेतृत्व दिने देश बिकासमा टेवा पुग्ने छ ।

महाधिबेशन सम्पन्न गर्न पार्टीका संगठन बिभाग प्रमुख देवेन्द्र पौडेल, आंगिक संगठन बिभाग प्रमुख कुमार पौडेल र प्रवास प्रादेशिक परिषदका सहसंयोजक संकर भण्डारी जापान आउने कार्यक्रम रहेको जनाएको छ । कार्यक्रमलाई सफल बनाउन जापानमा रहनुहुने सम्पूर्ण अभियन्ता लगायत शुभचिन्तकहरुलाई उपस्थित हुन आग्रहसमेत गरेको छ ।