शनिबार, बैशाख १५, २०८१

महिला तथा बालिकामाथि लगाइएको प्रतिबन्ध फिर्ता लिन तालिबानलाई राष्ट्र सङ्घको आग्रह

महिला तथा बालिकाहरूमाथि लगाइएको प्रतिबन्ध फिर्ता लिन संयुक्त राष्ट्र सङ्घले तालिबानलाई आग्रह गरेको छ ।

अफगानिस्तानका लागि संयुक्त राष्ट्र सङ्घका महासचिवका विशेष प्रतिनिधि रोजा ओटुनबायेभाले महिला तथा बालिकाहरूमाथिको प्रतिबन्ध फिर्ता लिन आह्वान गर्दै प्रतिबन्ध जति लामो समयसम्म रहन्छ त्यति नै धेरै नोक्सान हुने चेतावनी दिनुभएको टोलो न्युजले जनाएको छ ।

अहिले धेरै महिला सार्वजनिक ठाउँमा जान डराउने गरेका उहाँले बताउनुभयो । यसैबीच राष्ट्र सङ्घमा अमेरिकाका उपस्थायी प्रतिनिधि रोबर्ट वुडले कानुनीरूपमा हिजाब लगाउन आवश्यक नरहेका महिलाहरूलाई पनि तालिबानले हिरासतमा लिएको दाबी गर्नुभएको खबरमा उल्लेख छ ।