शनिबार, बैशाख १५, २०८१

संगिता पहरी र रामकुमार नेपालीको आवाजको गीत ‘नक्कली’ सार्वजनिक

काठमाडौँ । गायिका संगिता पहरी र राम कुमार नेपालीको आवाज रहेको गीत ‘नक्कली’ सार्वजनिक भएको छ ।
सिन्धुपाल्चोककी नव गायिका संगिता पहरी र रामेछापका स्टार गायक रामकुमार नेपालीको उक्त लोक ठट्ठौली गीत मंगलबार सार्वजनिक भएको हो ।

अमृत भारतीको शब्द तथा संगीत रहेको यस गीतमा गायक नेपाली नै एरेन्जर रहेका छन् । यस गीतमा सन्जिव ठकुरी, सन्ध्या सानु तथा गोविन्द विवसकोको अभिनय रहेको छ ।

गायक नेपालीको निर्देशन रहेको गीतको भिडियो सन्तोष तिमिल्सिनाले छायांकन गरेका हुन् भने कल्पेस विश्वकर्माको सम्पादन रहेको छ । अरब प्रोडक्सनबाट उत्पादन भएको यस गीतलाई भारती पिक्चर युटुब च्यानलबाट सार्वजनिक भएको छ।

गीतको पुरा भिड़ियो