बुधबार, बैशाख १२, २०८१

ब्यापारीलाई धम्की दिएको आरोपमा सिजुओका प्रहरी चौकीद्वारा एक नेपाली पक्राउ

जापान । शिजूओकामा नेपाली युवाले एक व्यापारीलाई मार्ने धम्की दिएको आरोपमा परेका छन ।
३८ वर्षीय ब्यापारीलाई मार्ने धम्की र उसको परिवारमा क्षति पुराउने मेसेंजरबाट धम्की दिएको आरोपमा शिजुओखा प्रहरीले अनुसन्धान गरि २९ वर्षीय नेपाली राजन दुलाललाई पक्राउ गरेको हो ।
जनवरी १७ को मध्यराति दुलालले ति ब्यापारीलाई म्यासेस गरि धम्की दिएको शिजुओका सिन्बुनमा समाचार उल्लेख छ ।
दुलाल हाल जापान प्रहरी जेलमा छन । १९ तारीख सिजुओका चुओ प्रहरी चौकीले धम्की दिएको आशंकामा सिजुओका सिटीको आओइबाट ती नेपाली नागरिकलाई पक्राउ गरेको थियो । संदिग्ध व्यक्तिले जनवरी १७ मा मध्यरातमा आओई वार्डका कम्पनी कार्यकारी ३८ वर्षका परिचित ब्यापारीलाई फोन र टेक्स्ट म्यासेज गरेर ‘म जाँदैछु’ भन्दै उक्त व्यक्ति र उनका आफन्तहरूको जीवन र स्वास्थ्यलाई खतरामा पारेको आरोप छ।

प्रहरीका अनुसार उनले आरोप स्वीकार गरेपनी केही आरोप अस्वीकार गरेका छन् । प्रहरीले यस घटनामा पारस्परिक सम्बन्धमा समस्या आएको निष्कर्ष निकालेको छ भने आरोपित पक्राउ परेका युवालाई अनुसन्धान गरिरहेको छ ।

दुलाललाई यसअघि शिजुओकाको खेल मैदानमै सांघातिक दोहोरो झडपमा नाकको हड्डी भाच्चिएका घाईते ब्यक्ती हुन ।