त्यसै पनि चितवन जिल्ला जहिले पनि चर्चामा नै रहने जिल्ला हो। जहा नेपालका प्रायः सवै भूभागका मानिसहरु वसोवास गर्ने गर्दछन ।
त्यसैले चितवनलाई ७६ औं जिल्ला समेत भन्ने गरिन्छ । नेपालकै तेश्रो गन्तव्य सौराहा र्याह पर्दछ । धेरै दृष्टिकोणवाट चितवनअगाडी रहेको जिल्ला हो। यस्तो जिल्लामा जन्म लिन पाएकोमा गर्व समेत लागने गर्छ । तर पछिल्लो समय यसै जिल्लाको भरतपुर महानगरपालिका मा मतगणनाको क्रममा मतपत्र च्यातिएको घटनाले म लगाएत सवै चितवनवासीको मन अमिलो भएको छ । हार स्विकार्न नसकी हामी मतपत्र च्यात्छौं , अनि ठूला-ठूला कुरा पनि हामीनै गर्छौं । कुन दुनियामा छौं ,हामी सबैलाई सोच्न वाध्य बनाएको छ। ७ वटा स्थानिय तह रहेको चितवनमा नेकपा एमालेले रत्ननगर , कालिका, खैरहनी र राप्ती नगरपालिका गरी ४ वटा नगरपालिकामा विजय प्राप्त गर्यो । कांग्रेसले इच्छाकामना गाविस र माओवादी केन्द्रले माडी नगरपालिकामा विजयी भए । चितवनको एक मात्र महानगरपालिका भरतपुरमा यतिवेला देश- विदेशका हरेक कुनामा रहेका नेपालीहरुको चासोको विषय बनेको छ ।
चितवनको आधा भन्दा वढी जनसंख्या यो महानगरपालिकामा रहेको छ । यस महानगरपालिकामा कांग्रेस -माओवादी केन्द्र एकातिर र एमाले एक्लैं चुनावमा लडेका हुन। काग्रेस – माओवादी केन्द्रको तर्फवाट रेणु दाहाल जो प्रचण्ड पुत्री हुन् । एमालेको तर्फवाट देवि ज्ञवाली मैदानमा थिए। म चितवनकै वासीन्दा भई ३ दशकभन्दा बढी समय चितवनमा विताउदा रेणु दाहाललाई सामाजिक गतिविधीमा देख्ने अवशर भने पाईन । देवि ज्ञवाली संग भने २ दशकअघिदेखीको मेरो चिनजान हो। भरतपुर नगरपालिका हुदाँ उप- मेयर भईसक्नु भएका ज्ञवालीलाई चितवनमा सवैले नजिकवाट चिन्छन । उहाँको आफ्नै पहिचान छ । म प्रेस चौतारी चितवनको अध्यक्ष हुदाँ उहाँसंग सामित्यमा रहेर काम गर्ने अवशर पाएको थिए। सादा जिवन , उच्च विचार भएका उहाँ चितवनको विकासका लागी अनिवार्य नै हुनुहुन्छ । त्यसैले कांग्रेस- माओवादी एकातिर हुदाँ पनि उहाले जनताको अपार विश्वास पाएको कसै माझ छिप्न सक्दैन ।
५ वर्षअघि पार्टीको काममा उहाँ जापान आउदा भेटका क्षणहरू अस्ति भर्खर जस्तै लागने गर्छ। प्रखर वक्त्ता एवं निडर ज्ञवालीको जित सुनिश्चत भईरहदा सत्तामा भएको पार्टी माओवादी वाट नै मतपत्र च्यातिएपछी अहिले सम्म भरतपुरमा अन्योल कायम छ । सत्तामा रहदा आफ्नालाई जिताउन कति सम्म गरिदो रहेछ भन्ने यो पछिल्लो उदारण हो। यतिवेला भरतपुरको १९ नम्बर वर्डामा मतगणना कि पूनःनिर्वाचन भन्ने बारेमा सर्वोच अदालतको निर्णयको वेग्र प्रतिक्षामा आम नेपाली रहेका छन् । माओवादी केन्द्र भने जसरी पनि भरतपुरमा हार्न चाही रहेको छैन। मतपत्र च्यात्ने , सके बुथ कब्जा गर्ने र पछिल्लो समय कसरी हुन्छ उ अदालतलाई प्रभावमा पार्ने सम्मको कृयाकलापमा लागेको छ। लोकतन्त्रको जाति भजन गाए पनि सत्ताको लागी कांग्रेसको मैनता लाई भने कसैले अचम्म मानेका छैनन ।
भरतपुर महानगरपालिका १९ मा पूनः मतदान हुने भयो भने पनि माओवादी कुन मुख लिएर जनता सामु भोट माग्न जाने हो । जनताले दिएको मत च्यात्ने अनि फेरी भोट दिन पर्यो भन्ने ? नैतिक रुपमा त भरतपुरमा देवि ज्ञवालीले जिती सकेका छन् । दुई सत्ताधारी पार्टी मिलेर चुनाव लड्ने अनि मतगणना अन्तिम चरणमा पुगेको अवस्थामा देवि ज्ञवालीले अग्रता लिई रहेको बेला मतपत्र माओवादीका प्रतिनिधी वाट च्यातिन्छ । यसकारण देवि ज्ञवालीको नैतिक जित भईसकेको छ । माओवादी केन्द्रले अलिकति भए पनि साख जोगाउने हो भने हार स्विकार गर्न ढिला गर्नु हुदैन