मङ्गलबार, बैशाख ०४, २०८१

यो सवै नाटक राजपाको होइन कांग्रेसको हो : ओली

काठमाडौं,३ असार  । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले राजपालाई देखाउँदै अन्त कतै गरेको कबुलियतनामा पूरा गर्न २ नम्बर प्रदेशको चुनाव सारेको वताएका छन् । एमालेको कानुन विभागले शुक्रवार पार्टी मुख्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले राजपा चुनावमा आउला भन्ने डरले सत्तारुढ कांग्रेसले आफ्ना त्यस क्षेत्रका सांसदहरुलाई समेत बोलाएर चुनाव सार्ने तारतम्य बनाएको वताए ।

‘उहाँहरुले अन्तै कतै गरेको कबुलियतनामा कार्यान्वयन गर्न चुनाव सार्ने यो तमासा गर्नु भयो, राजपा अगाडि सारिएको मात्रै हो । कांग्रेसले त्यहाँका सांसद झिकायो, सार्नु पर्छ भन भन्यो, निवेदन हाल्न लगायो’ ओलीले भने, ‘राजपाले भाग लिन्छ कि भनेर उहाँह डराईरहनु भएको थियो । अरुका निम्ति होइन कांग्रेसका निम्ति चुनाव सार्नु परेको थियो ।’

ओलीले २ नम्बर प्रदेशको चुनाव असोजमा पुर्याए पनि कांग्रेस र माओवादी मन नलागे पनि असार १४ गतेको चुनाव गर्न वाध्य भएको वताए । सत्तामै बसेर पहिलो चरणमा गरेको चुनावमा जनताले दिएको मत सत्तारुरढ दलहरुले हेर्न नसकेर च्यातेको वताउँदै ओलीले असार १४ गते जनताले दिने मत पनि उनीहरुले हेर्नै नसक्ने दावी गरे ।

‘बैशाख ३१ गते जनताले दिएको मत उहाँहरुले हेर्न सक्नु भएन’ ओलीले भने, ‘असार १४ गतेको चुनावपछि पनि मतपत्र देख्दा तिनलाई रिस उठ्छ । मतपत्र च्यातौं च्यातौं लाग्छ  । तर, मतपत्र च्यातेर सधैं चल्ने भए आजसम्म तानाशाहरु नै हुन्थे संसारमा ।

उहाँहरुले अन्तै कतै गरेको कबुलियतनामा कार्यान्वयन गर्न यो तमासा गर्नु भएको हो । राजपा अगाडि सारिएको मात्रै हो । कांग्रेसले त्यहाँका सांसद झिकायो, सार्नु पर्छ भन भन्यो, निवेदन हाल्न लगायो । राजपाले चनुावमा भाग लिन्छ कि भनेर सरकार डराईराखेको छ । अरुका निम्ति होइन कांग्रेसका निम्ति चुनाव सार्नु परेको थियो । असार १४ गतेको चुनावपछि पनि मतपत्र देख्दा तिनलाई रिस उठ्छ । मतपत्र च्यातौं च्यातौं लाग्छ उनीहरुलाई । तर, मतपत्र च्यातेर सधैं चल्ने भए आजसम्म तानाशाहरु नै हुन्थे संसारमा ।