काठमाडौं । आईसिटी पत्रकार बिकास मञ्चको आयोजनामा बुधवारदेखि ३ दिने आधारभूत फोटोग्राफी तालिम सुरु भएको छ।
राष्ट्रिय युवा परिषद् भक्तपुरको सहयोगमा काठमाडौं महानगरपालिका वडा नम्बर १६ सोह्रखुट्टेस्थित सिद्धी गणेश मा.वि.का कक्षा ११ र १२ का गरिजम्मा २० जना विद्यार्थीहरुलाई फाेटाेग्राफी तालिम प्रदान गरिएको हाे।
तालिमले रोजगारीको अवसर सिर्जना गर्नुका साथै व्यक्तित्व विकासमा मद्दत पुयाउने आयाेजककाे विश्वास छ ।
फोटोग्राफी तालिमका प्रशिक्षकहरू अच्युत ओझा, फोटो पत्रकार जनार्दन अर्याल र सिने फोटो ग्राफर सुरेन्द्र थापाले फोटोग्राफी तालिमका साथै आचारसंहिताबारे तालिम दिएका थिए । यस्तै, उनीहरूले प्रशिक्षार्थीहरुसँग आफ्ना अनुभव समेत बाँडेका थिए ।
णआयोजक संस्थाकी अध्यक्ष एवं कार्यक्रम संचालिका सावित्री बस्नेतले र फोटोग्राफी र फोटो पत्रकारिताको भिन्नता बुझाउन साथै पत्रकारिताको आचारसंहिताबारे पनि ज्ञान दिलाउन तालिम आयोजना गरिएको बताईन् । कितावमा मात्र फोटो पत्रकारिता अध्ययन गर्दै आएका विद्यार्थीलाई अझ छिटो र सहज रुपमा सिकाउन सजिलो र प्रभावकारी बनाउन प्रयोगात्मक सिकाईकाई प्रदान गरिएको बताउँदै उनले आगामी दिनमा पनि यस्ताखालका तालिमहरुलाई निरन्तरता दिँदैजाने बताईन् ।
कार्यक्रममा आइसिटी पत्रकार विकास मञ्चका संस्थापक अध्यक्ष भरत राज उप्रेती, पुर्व परराष्ट्र अधिकृत एवं संस्थाका सल्लाहाकार यादव कोईराला, विद्यालयका प्रधानध्यापक केशव भट्राई, सह प्रधानध्यापक बुद्धि बहादुर वि.क, वडासदस्य हर्क खाती लगायतको उपस्थीती रहेकाे थियो ।