शनिबार, फागुन १२, २०८०

कक्षा ११ को परीक्षा आजवाट सुरु, साडे ४ लाख विद्यार्थी सहभागी

भक्तपुर,१ असार । आज शुक्रवारबाट कक्षा ११ को परीक्षा सुरु भएको छ । तोकिएका देशभरका ९ सय ९३ केन्द्रमा परीक्षा भइरहेको छ ।

परीक्षाको पहिलो दिन आज अग्रेजी बिषयको परिक्षा भइरहेको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार, परीक्षामा चार लाख ४९ हजार ५४ विद्यार्थी सहभागी छन् । नियमिततर्फ ३ लाख ४ हजार ६० र आंशिकतर्फ १ लाख ९ सय ९४ विद्यार्थी सहभागी बनेका हुन् ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार, परीक्षामा २ लाख ११ हजार ६ सय १ छात्र र २ लाख ३७ हजार ३ सय ७३ छात्रा सहभागी छन् ।बोर्डले परीक्षा मर्यादित बनाउन सबैसँग आग्रह गरेको छ ।