बुधबार, बैशाख १२, २०८१

प्रहरी प्रशासनमा राजनीतिक हस्तक्षेप हुन दिन्न : मन्त्री शर्मा

काठमाडौं,१ असार । गृहमन्त्री जनार्दन शर्माले गृहप्रशासनमा राजनीतिक हस्तक्षेप नगर्ने बरु राजनीतिक नेतृत्व गर्ने बताएका छन् । सबै सुरक्षा संगठनलाई अनुशासित बनाउने र सिपाहीको मनोबल उकास्ने गरी काम गर्ने पनि उनले बताएका छन् ।
गृहमन्त्रालयमा बुधबार पत्रकारसँग कुरा गर्दै मन्त्री शर्माले देशको आवश्यकता अनुसार आफूले गाइडलाइन मात्रै दिने बताए ।

‘म राजनीतिक नेतृत्व गर्नेछु, हस्तक्षेप गर्ने छैन । राजनीतिक नेतृत्व र हस्तक्षेप फरक कुरा हुन्,’ मन्त्री शर्माले भने, ‘काम यही फोर्सले गर्ने हो । अहिलेको देशको आवश्यकता अनुसार कसरी अगाडि बढ्ने भनेर गाइड लाइन गर्ने काम मात्रै मेरो भएको हुनाले मैले राष्ट्रकै पक्षमा देशकै पक्षमा गाइड लाइन गर्ने घोषणा गरेका छन ।