शनिबार, फागुन १२, २०८०

कर्णालीमा बस दुर्घटना १० को मृत्यु, २ दर्जनभन्दा घाइते

महेन्द्रनगर,३१ जेठ । कालिकाटेबाट महेन्द्रनगरका लागि छुटेको बस दैलेखको राकम कर्णालीमा बुधवार दुर्घटना भएको छ ।
ना ४ ख २९९८ नम्बरको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । बस करिब २३ सय मिटर तल खसेको दैलेखका प्रहरी निरीक्षक एकेन्द्र खड्काले जानकारी दिए ।

दुर्घटनामा १८ जना घाइते भएका छन् । घाइतेहरुको दैलेखमै उपचार भइरहेको र थप उपचारका लागि काठमाडौं लैजान हेलिकोप्टर मगाइएको जनाएको छ ।

दुर्घटनमा मृत्यु हुनेहरुको खनाखत भएको छैन । क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।