आइतबार, फागुन १३, २०८०

एनआरएन लेवनानका अध्यक्ष पक्राउ

काठमाडौं,३१ जेठ । लेवनानस्थित गैरआवसीय नेपाली संघका अध्यक्ष नन्दुराज काफ्ले सहित ६ जनालाई पक्राउ गरेको छ ।

लेवनान मामिला हेर्ने इजिप्टस्थित नेपाली दूतावासका अनुसार काफ्लेको पक्राउ पर्नुको कारण खुलिसकेको छैन । ‘लेवनानका अधिकारीहरुसँग यसवारे बुझ्ने काम भइरहेको छ । पक्राउको कारण स्पष्ट हुन सकेको छैन,’ राजदूत झविन्द्र अर्यालले  भने,‘अधिकारीहरुले छानविन जारी राखेका छन् ।’

उनीसँगै पक्राउ परेका ६ जनाको नाम सार्वजनिक गरिएको छैन । काफ्ले एकदशक भन्दा बढी लेवनानमा कार्यरत छन् ।