टोकियो,२९ जेठ । शक्ति समुहकी कार्यक्रम संयोजक चरीमाया तामाङलाई टोकियोमा सम्मान तथा स्वागत गरेको छ । टोकियोवासी नेपालीहरुले चरीमायाँको, सिन्धुपाल्चोकको हैबुंङ गाऊदेखी मुम्बाईको कोठीसम्मको कहाली लाग्दा भोगाई अनि ‘आधुनिक दासता विरुद्धको नायक २०११ अन्तर्राष्ट्रीय पुरस्कार सम्मको अनुभवहरु वाडेको थिईन ।
आईतबार टोकियोमा, नेपाल आदिवासी जनजाति महासंघ जापानले आयोजना गरेको, चरीमायासँगको अन्तर्कृयात्मक कार्यक्रमले सो कुरा बताएकी थिईन ।
चरीमाँया सोफिया विश्वविद्यालयको निमन्त्रणामा यहि जुन ८ तारीख़ जापान आईपुगेकी हुन् । उनि प्रोफेसर तानाका मासाकोको पहलमा आफ्ना अनुभव सुनाउन र जापानको मानव बेचबिखनको बारेमा अवलोकन अध्यायनका लागि टोकियो आएकि हुन् । सोहि अवसरमा उनले , आफ्नो जिवनमा भोगेका बिभिन्न घटनाहरु र त्यसबाट सिक्का पाठहरु बारेमा आफ्ना भनाईहरु प्रस्तुत गरेकि थिइन् । उनले आफुले शिवपुरी जंगल देखी मुम्बईको कोठी सम्मका भोगाइलाई राख्दै ज़िन्दगीमा जतिसुकै ठूला समस्या आईलागेपनि एकदिन त्यी समस्याको समाधान हुने रहेछ भन्ने कुरामा जोड दिदै त्यसको ज्वलन्त उदाहरण स्वयम् आफु रहेको पनि बताईन ।
कार्क्रममा, प्रोफेसर तानाका मासाकोले मानब बेचबिखन नेपालको मात्र नभई विश्वकै जल्दो बल्दो समस्या रहेको बताईन् । उनले भनिन् – ‘ यो समस्या जापानमा झन डरलाग्दो रुपमा रहेको छ, नेपाल त्यतिधेरै विकसित भईसकेको छैन त्यसैले त्यहाँको बेचबिखन सबैले सहजै देख्छन तर यहाँ देशको विकास र आधुनिकता सँगै बेचविखनको स्वरुप पनि विकसित हुन्छ, जो झट्ट हेर्दा देखिदैन । त्यसैले, उनले चरीलाई विकसित मुलुकमा हुने मानव बेचबिखनको अध्यायन अवलोकनका लागि बोलाएको बताईन् ।
छलफलमा,पेम्बा लामा , सुकमान तमाङ, अनिता गुरुङ, जानुका खतिवडा, कालिका केसी, सुरज प्रधान, लगायतले बोलेका थिए ।चरीमायाँ यहि जुन २० तारीख़ सम्म जापान रहेनेछिन् भने टोकियो र टोकियो बाहिरका विभिन्न विश्वविघालय तथा कलेजहरुमा आफ्ना अनुभवहरु सुनाउनेछिन् ।
उक्त कार्यक्रम पेम्वा लामाको अध्यक्षतामा देवि इग्नामले संचालन गरि सम्पन्न भएको थियो ।