शुक्रबार, चैत १६, २०८०

असार १४ गतको निर्वाचन कुनै हालतमा सर्दैन : प्रनिआ डा.यादव

सप्तरी,२८ जेठ । निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधी प्रसाद यादवले  असार १४ गतको निर्वाचन कुनै पनि हालतमा नसर्ने बताएका छन् ।

आइतबार आफ्नो गृहनगर सप्तरी आएका डा. यादवले सदरमुकाम राजविराजमा  आयोजित कार्यक्रममा असार १४ गते नै निर्वाचन हुनेमा जनता आशावादी रहेको बताए ।

आफ्नो जिल्लामा आएलगत्तै कालो झण्डाको सामना गरेका उनले भने, ‘असार १४ गतेको निर्वाचनबारे जनतालाई कुनै किसिमको भ्रम छैन, गुणन-भागा गर्नेलाई नै बढी भ्रम रहेको छ ।’

स्थानीय निकायको निर्वाचनबारे सरोकारवालाहरुसँग गरिएको अन्तर्क्रिया कार्यक्रममा उनले निर्वाचनका बारेमा कुनै आशंका नगर्न सबैलाई आग्रह गरे ।

०६४ साल र ०७० सालको संविधानसभा निर्वाचनमा पनि निर्वाचन हुँदैन भनेर भ्रम छरिए पनि चुनाव सफल भएको स्मरण गर्दै उनले बैशाख ३१ गतेको पहिलो चरणको स्थानीय चुनाव पनि धेरैको आशंकाबीच सफल भएको बताए ।