शनिबार, बैशाख १५, २०८१

गाेदावरीमा वृहत आँखा शिविर,२ सय ६० भन्दाबढी लाभान्वित

गाेदावरी । जिल्लाकाे गाेदावरी नगरपालिका वडा नम्बर तीन गाेदावरीमा बृहत नि: शुल्क आँखा परिक्षण र माेतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न भएको छ ।

शनिबार वडा नम्बर तीनस्थित श्री सिद्धेश्वर आदारभुत विद्यालयमा वडा कार्यालय र गाेदावरी मेडसिटी हस्पिटलकाे संयुक्त आयाेजना भएको उक्त बृहत आँखा शिविरमा मातृका आई सेन्टरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले प्राविधिक सेवा प्रदान गरेका थिए ।

शिविरमा २६५ जनाले आँखा चेकजाँच सेवा लिएकाे र त्यसमध्ये  ६५ जनामा मोतीयाबिन्दु फेला परेकाे वडाध्यक्ष सानुराजा घिमिरिले जानकारी दिए। माेतिया बिन्दुकाे समस्या देखा परेकाे विरामीकाे नि:शुल्क रूपमा शल्यक्रिया हुने बताईएकाे छ । साथै, शिविरमा औषधी वितरण र नि: शुल्क चस्मा फ्रेम पनि वितरण गरिएको थियाे ।

शिविरमा सहकार्य तथा सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै वडाध्यक्ष घिमिरेले वडाभित्रका नागरिकहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी शिविर संचालन गरिएको बताए । शिविरबाट वडाभित्रका नागरिकलाई प्रत्यक्ष लाभ पुगेकाे बताउँदै उनी जिवनभर सम्पूर्ण वडाबासीकाे सेवा गर्ने बताउँछन् ।