शुक्रबार, चैत १६, २०८०

लेखा शाखाले ११९ सांसदको आवास सुविधा रोक्का गरेपछि…..

काठमाडौं,२८ जेठ । संसदको लेखा शाखाले सांसदले पाउने आवासबापतको सुविधाबापतको रकम रोक्का गरेपछि शाखा र सांसदबीच द्वन्द्व बढेको छ । संसदको पदाधिकारी तथा सांसदले आफू बस्ने घरको वास्तविक विवरण स्पष्ट नगरेपछि लेखा शाखाले उनीहरूको आवास सुविधाबापत पाउने रकम रोक्का गरेको हो।

संसदका पदाधिकारी र सांसद गरी १ सय १९ जनाको आवास सुवाधा रोक्कामा परेको छ। उनीहरूले आफ्नो घर उपत्यकाभित्र हो या बाहिर भन्ने स्पष्ट विवरण नदिएकाले लेखा शाखाले यस्तो कदम चाल्नुपरेको हो।

संघीय संसद्का पदाधिकारी तथा सदस्को पारिश्रमिक र सुविधासम्बन्धी ऐनको दफा ६ को उपदफा २ मा सांसद र पदाधिकारीले आवास सुविधाबापत रकम पाउने व्यवस्था छ । तर काठमाडौं उपत्यकामा घर हुने संसद्का पदाधिकारी वा सदस्यलाई भने आवास मर्मत र सम्भारवापत सो उपदफा बमोजिम रकमको आधा दिइने व्यवस्था छ ।@नागरिक दैनिक