जापान,२७ जेठ । ग़ैर-आवासीय नेपाली संघ (एनआरएनए )जापानको ओकिनावा क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । शनिवार यस क्षेत्रको नेपालीहरूको बाहुल्य सहभागितामा अधिवेशन सम्पन्न भएको हो । २०१७-१९ को लागि राष्ट्रिय कमिटिको आठौ अधिवेसन अगस्ट १३ तारिख हुदै छ ,भने क्षेत्रिय कमिटिको अधिवेसन पनि धमाधम हुदैछ। यसै क्रममा आज शनिवार ओकिनावा क्षेत्रको चौथो अधिवेसन एनआरएनए जापानका सचिव बुद्धि राज घिमिरेको प्रमुख आतिथ्य र क्षेत्रिय संयोजक लक्ष्यमण ओझाको सभापतित्वमा बिशेष अतिथि एनआरएनए जापानका कोषाध्यक्ष दिपक थापा , एनआरएनए ओकिनावा सल्लाहकार संदिप श्रेष्ठ को अतिथिमा सम्पन्न भयो।
सो अधिवेशनबाट सर्वसम्मत कार्य समिति चयन गरेको छ संयोजकमा लक्ष्यमण ओझा उपसंयोजकमा द्वय शृजन श्रेष्ठ ,गुन्जन श्रेष्ठ सचिव ज्ञानेन्द्र भट्ट,ससचिव अमृत पौडेल,कोषाध्यक्ष निरज खड्गे शाहि, सदस्यमा क्रमश बिनोद प्याकिरेल,तेङजीङ तामाङ,प्रमिला तामाङ,दिलीप सापकोटा ,निर्मल सापकोटा ,अजिता लोहनी र अनिल दहाल रहनु भएको छ नव निर्वाचित टिमलाई अधिवेसनका प्रमुख अतिथि एनआरएनए जापानको सचिव बुद्धि राज घिमिरेले पद तथा गोपनीयता को शपथ ग्रहण गराउनु भयो।कार्यक्रममा एनआरएनए जापानको नया सदस्यको परिचयपत्र पनि हस्तान्तरण गरिएको थियो।