बुधबार, बैशाख १२, २०८१

मधेसी दललाई प्रधानमन्त्री देउवाको निर्वाचनमा भाग आग्रह

काठमाडौं,२६ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा सहभागी हुन मधेशवादी दलका नेताहरुलाई आग्रह गर्नुभएका छ । व्यवस्थापिका–संसद्को बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मधेशवादी दलले उठाएको मागलाई पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्दै निर्वाचनमा भाग लिन आग्रह गर्नुभएको हो ।

उहाँले दोस्रो चरणको निर्वाचन अगावै संविधान संसोधन गर्न नसकिए पनि निर्वाचन लगत्तै संशोधन गर्ने वाचा गर्नुभयो ।  प्रधानमन्त्री देउवाले चुनावको मिति नजिक आईसकेको भन्दै त्यस अघि सबैलाई सहमतिमा ल्याई  संविधान संसोधन गर्न नसकिने स्पष्ट पार्नुभएको हो । उहाँले निर्वाचन सम्पन्न गरेपछि प्रमुख प्रतिपक्षी लगायत दललाई सहमतिमा ल्याई संविधान संसोधन गरिने प्रतिवद्धता जनाउनुभयो ।  तर, उहाँले स्थानीय तहको संख्या वृद्धिका सम्बन्धमा अदालतमा मुद्धा परेकाले सर्वोच्चले अन्तिम फैसला नगरुन्जेल त्यसबारे पनि निर्णय पनि गर्न नसकिने स्पष्ट पार्नुभयो । प्रधानमन्त्री देउवाले भविष्यमा संविधान संसोधन गराएरै छाड्ने भन्दै चुनावमा भाग लिई निर्वाचनलाई सफल पार्न आव्हान गर्नुभयो ।

संविधानको सफल कार्यान्वयनका लागि समयसिमा भित्रै तिनै तहको निर्वाचन गराउनुपर्ने कार्यभार पुरा गर्नुपर्ने जिम्मेवारी बोध गर्दै सहयोग गर्न पनि उहाँले सबै दललाई आव्हान गर्नुभयो । यसअघि, प्रधानमन्त्री देउवालाई शुभकामना तथा बधाई दिन रोष्टम पुगेका राजपाका नेताहरुले संविधान संसोधन र स्थानीय निकायको संख्या वृद्धि नभई चुनावमा भाग लिन नसकिने भन्दै चुनावको वातावरण बनाउन सचेत गराएका थिए ।