शनिबार, बैशाख ०८, २०८१

पासवानले कारवाही गरेका परियार प्रचण्डले फूलमाला लगाएर भित्राए

ललितपुर,२६ जेठ । पूर्व मन्त्री विश्वेन्द्र पासवानले ठगको आरोप लगाँउदै पार्टीबाट गलहत्याएका विावदस्पद् छविका व्यक्तिलाई प्रधानमन्त्री प्रचण्डले फुलामाला लगाएर माओवादीमा भित्राएका छन । चारित्रिक रुपमा स्खलित भएका व्यक्तिलाई माओवादीको केन्द्रीय सदस्य बनाउने प्रचण्डले आश्वासन दिएका छन ।
बहुजनपार्टीको महासचिव रहँदा विवादमा तानिएपछि उनलाई विशेन्द्र पासवानले कारवाही गरेका थिए । बहुजन शक्ति पार्टीमा रहँदा कारवाहीमा परेका उनै मेखराज परियार आफ्ना कालो दाग पखाल्न माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनलाई केन्द्रीय सदस्य बनाउने आश्वासन सहित प्रचण्डले भित्र्याएका हुन् । उनले गर्भवती भएकी दोश्री श्रीमतीलाई बिचल्ली बनाएर आफु भन्दा निक्कै कम उमेरकी केटीलाई तेश्रो श्रीमतीको रुपमा भगाएको आरोप छ ।
काठमाण्डुमा पढाईदिने भनेर परिवारसँग भनेको तर पछि श्रीमतिका रुपमा राखेको केटीका आफन्तले बताएका छन् । बहुजनपार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले मेखराजले विदेश पठाईदिन्छु भनेर धेरैसँग पैसा ठगेको बताएका छन् । त्यसकारण नै पार्टीबाट निष्कासन गरेको पाश्वानले दावी गरेको महावीर विश्वकर्माले फेसबुकपेजमा पोष्ट गरेका छन् ।

‘त्यो मेखराजले विदेश पठाईदिन्छु भनेर धेरैसँग पैसा ठगेको रहेछ, धेरैको गुनासो आएपछि हामीले पार्टीबाट हटाईसक्यौँ: पाश्वानले भनेका छन् । मेखराजले बहुजन शक्ति पार्टीको महासचिवको हैसियतमा माओवादी केन्द्रमा प्रवेश गरेछन् ।

ठगी कार्यमा संलग्न रहेको आरोप लागेका व्यक्तिलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खादा लगाएर स्वागत गरेका छन् । उनले आफ्नो पार्टीमा सम्मानसहित भित्र्याएका छन् ।