सोमबार, भदौ २४, २०८१

अहिलै सबै कुरा घोषणा गर्दिन काम गरेपछि भन्छु : राजदुत प्रतिभा राणा

जापानको लागि नेपनली राजदुत प्रतिभा राणा राजदुत मात्र नभएर सक्षम नेतृत्ववान महिला नेतृ हुन । सम्पन्न परिवारबाट राजनीतिमा होमिनु भएकी नेतृमा २०४६ सालको परिवर्तनपछि राजनीतिमा आएकी उनी त्यसअघि सामाजिक काममा त्यतिकै सक्रिय थिइन् ।
रेडक्रस र वीर अस्पतालमा स्वयंसेवी भएर काम गरेकी राणाले स्वदेशी,विदेशी गैरसरकारी संस्थामा रहेर निरन्तर महिला र नेतृत्व विकाससम्बन्धी काम गर्दै नीतिनिर्माण तहमा राज्यमन्त्रीसम्म पुरेर नेतृत्व गरिसकेकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध भएर २०४६ सालतिरवाट राजनीतिक जीवन सुरु गरेकी उनी अहिले केन्द्रीय सदस्य र पार्टीको प्रमुख सचेतक हुन । स्नातकसम्म औपचारिक शिक्षा हासिल गर्नुभएकी राणा ललितपुर जावलाखेल निवासी हुन । दुई छोरी र एक छोरा रहेको राणा नेपाल सरकार मन्त्री परिषद्को सिफारिसमा जापानको लागि राजदुत नियूक्ती भएर ३ हप्ताअघिदेखि कामकार्वाहि सुरु गर्नुभएकी  छिन ।  उनै राजदुत राणासंग दुतावासको आगामी उद्धेश्य अव दुतावास कसरी हाक्नु हुन्छ भन्ने सेरोफेरेमा मातृ सन्देश डट कमको लागि शान्त पहरीले गरेको भलाकुसारी :-

????????जापानको लागि नेपाली राजदुत भएको आउनु भयो यहाँलाई स्वगत छ ।rana1
-धन्यवाद ।

????????यहाँ जापानको लागी राजदूतको कार्यभारको जिम्मा लिएर जापान आउनु भएको एक महिना हुन लाग्यो के मा व्यस्त हुनुहुन्छ ?
– म राजदूत भएर ३ हप्ता भयो जापान आएको काम सुरु गरेको छू । यहाँ आएर नेपाली अग्रज एनआरएनएहरू , पत्रकार,यहाँको परराष्ट्र मन्त्रालयका उपमन्त्री तथा शिष्टाचार महापाल लगाएत अधिकारीसंग भेटघाट गरी ओहदाको प्रमाणपत्र पेश गरे , बिभिन्न सार्क राष्ट्रका राजदूतहरूसंग भेटघाट गरे र गर्दै छू ,हामीले जापानवासी नेपालीको अधिकतम हितको लागी काम गर्न सबै पक्षसंग छलफल गरी सुझाव लिने क्रममा छू ।

????????दूतावासभित्रको कामकार्वाही कस्तो देख्नु भयो ?
– एकदम राम्रो देखेको छू । काम गर्ने शिलाशिलामा ढीलाचाडो भएको होला , थोरै कर्मचारीले ७० हज़ार नेपालीको काम गर्नु छ ।
???????? राजदूत हुनुभएर जापान आइसकेपछी सुरुको तत्काल गर्ने योजना के छ ? 

-सर्वप्रथमको काम त जापानवासी नेपालीको हक़हितको लागी काम गर्ने हो ,यही शिलाशिलामा सुरुमा दूतावासको आफ्नै भवन लिने तयारीमा छौ । यो काम्को लागी हामी खटिरहेका छौ ।

???????? अनि यहाँको दिर्घकालिन योजना के छ, महामयिम ज्यू ?
mbcer– म भर्खर आएको छु । नेपाली र नेपालीको प्रतिष्ठाको लागी काम हुन्छ अहिले सवै कुरा घोषणा गर्दिन काम भए पछी भन्छु ,नेपाल जापान दुई देशबीचको ६० वर्षें सम्बन्धलाई अझ प्रगाढ़ गर्दै जाने योजना छ ।
????????अबको ४ वर्षमा जापानवासी नेपालीले के परिवर्तन देख्न पाउछन ?
– अहिले काम नगरिकन यो गर्छु त्यो गर्छु भन्दिन काम गर्दै जान्छु काम गरेपछी आम नेपाली र तपाईहरुले मुल्यान्कन गर्ने कुरा हो । अहिलै सवै कुरा घोषणा गर्दिन काम गरेपछी भन्छु ।
????????यहाँ भर्खरै आउनु भएको छ जापानवासी नेपाली अग्रजवाट के आश लिनु भएको छ ?
– मैले सकारात्मक सहयोगको अपेक्षा गरेको छू ।
???????? नेपाल जापान दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ़ पार्न यहाँको भूमिका कस्तो रहन्छ ?
– नेपाल जापान दुई देशबीचको ६० वर्षें सम्बन्धलाई अझ प्रगाढ़ गर्दै जान्छु , म नेपाल सरकारको दूतको रूपमा काम गर्दा नेपाल र नेपालीको शीर झुकाउन नपर्ने काम गर्छु । जे गर्छु म राम्रो काम गर्छु र गरेर देखाउछु ।
???????? राजदूतको कार्यभार समालिइ रहदा के चुनौती देख्नु भयो ?
– मलाई अवसरको साथमा निकै चुनौती छ त्यो अवसरको रूपमा लिएर निर्धक्क साथ काम गर्छु ।

???????? अन्त्यमा केहि छूटेका यहाँलाई भन्न मन लागेको ?
– विशेष त सबैसंग सकारात्मक सहयोगको आश गरेको छू ।
सवैलाई धन्यवाद दिन चाहन्छु ।  

 तस्विर : रमेश श्रीश