शनिबार, बैशाख ०८, २०८१

कांग्रेसमा बिवाद पौडेल पक्ष मन्त्रीको नाम मन्त्रालय टुङ्गाएपछी दिने

काठमाडौं,२५ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ कार्यक्रमअघि नै नेता रामचन्द्र पौडेल पक्षसँग मन्त्रीका लागि नाम मागेका थिए । आवश्यक सल्लाह नगरेको भन्दै पौडेल पक्षले नाम नपठाउने र शपथमा भाग नलिने चेतावनी दिएको थियो ।

मन्त्रालय नतोकी नाम मागेको भन्दै पौडेल पक्षले सोमबार र मंगलबार भेला गरेर नाम नपठाउने निर्णय गरेको थियो । देउवाले गलत सन्देश जाने भन्दै नपठाए पनि शपथमा आउन आग्रह गरेका थिए । देउवाको आग्रहपछि नेता पौडेल र महामन्त्री डा. शशांक कोइराला शपथ समारोहमा पुगेको स्रोतले बतायो ।

‘छलफल भएन भनेर साथीहरुमा असन्तुष्टि देखिएको हो । अब सभापतिले मिलाउँछु भन्नुभएको छ,’ कोइरालाले भने, ‘मन्त्रालय तोकेर बोलाएपछि हामी बिहीबार नै तीन मन्त्री पठाउँछौं । @नयाँ पत्रिका