शुक्रबार, असार ०१, २०८१

नेपालको ४० औं प्रधानमन्त्रीमा कांग्रेस सभापति देउवा निर्वाचित

काठमाडौं,२३ जेठ । गणतन्त्र नेपालको ४० औं प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । गणतान्त्रिक नेपालको उनी नवौ प्रधानमन्त्री हुन् । देउवा प्रधानमन्त्री बनेको यो चौथोपटक हो ।
मंगलबारको संसद बैठकमा उपस्थित कुल ५५८ सांसदहरुमध्ये देउवाको पक्षमा ३८८ र विपक्षमा १७० मत परेको थियो ।

देउवालाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भनेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रस्ताव गरेका थिए भने कांग्रेस नेता रामचन्द्र पौडेल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार लगायतले समर्थन गरेका थिए ।