काठमाडौं। मङ्गल धुन (मालश्री धुन)ले दशैँ आगमनको सङ्केत गर्छ । गीतसङ्गीतले हरेक चाडपर्व वा कार्यक्रममा छुट्टै रौनक थप्छ । गीतहरूले दशैँको महत्त्वको बखानसँगै दशैँमा आउने याद, सिर्जना गर्ने अवस्था र माहौलको कुरा बताउँछन् ।
यस्तै दशैंको माहौल बनाउने नयाँ गीत ल्याएकी छिन्, पहिलो महिला रेस्लर भगवती खड्का युनिकाले । ‘आयो दशैँ आयो तिहार’ बोलको गीत निक्कै रमाइलो लयमा बनाइएको छ। गीतमा भगवती खड्का युनिकालाई गायक रूपक डोटेलले साथ दिएका छन्।
गीतमा संगीत प्रमोद पन्तको छ भने शब्द देबदक्त भट्टको छ। गीतको एरेन्ज सञ्जय हमालको छ।
यो गीतको भिडिओले दशैँको वातावरण चित्रण गरिएको छ । भिडिओमा अभिनेत्री गायिका भगवती खड्का युनिका आफैँ देखिएकी छिन्। साथै दिक्पाल कार्की, करुणा श्रेष्ठ र उज्ज्वल श्रेष्ठ ‘फिचर्ड’ छन्।

