बुधबार, असार ०३, २०८३

फोरेक्स जापानको दशैँ-तिहार र छठको बहार: पैसा पठाउँदा आईफोन १५ उपहार

टोकियो । जापानबाट विश्वभर रेमिट्यान्स सेवा प्रदान गर्दै आएको फोरेक्स रेमिटले नयाँ क्याम्पेन सार्वजनिक गरेको छ ।
उपहार योजना अन्तरगत १५ उपहार योजना सार्वजनिक गरेको हो ।

जापानबाट नेपाल लगायत विश्वका बिभिन्न देशहरूमा रेमिट सेवा दीदै आईरहेको फोरेक्स रेमिटले आफ्नो सेवा ग्राहीहरूलाई लक्षित् गर्दै नेपालीहरुको महान पर्व दसैं-तिहार तथा छठको अवसरमा विशेष उपहार योजना सार्वजानिक गरेको छ।
फोरेक्स रेमिटले ‘दशैँ,तिहार र छठको बहार,रेमिट गर्दा आईफोन १५ उपहार’ भन्ने स्लोगन सहित नयाँ योजना सार्वजनिक गरेको हो ।

यस योजनामा,यहि अक्टोबर १ तारिखबाट नोभेम्बर १९ तारिखसम्म फोरेक्स रेमिटबाट रेमिट्यान्स पठाउने ग्राहकहरुमाध्ये लक्की ड्र मार्फत १ जनालाई आईफोन १५ उपहार प्रदान गरिने कम्पनीको ब्यबस्थापक पंच चौधरीले जानकारी दिनुभयो ।

फोरेक्स रेमिटले शाखा कार्यालय अलबा बिभिन्न एजेंसी र बैंकहरू संगको सहकार्यमा जापानभरबाट सेवा प्रदान गर्दै आईरहेको छ । कम्पनीको जापान पोस्ट बैंक, युएफजे बैंक, एसएमबिसी बैंक, मीजूओ बैंकको खातामा पैसा जम्मा गरेर पनी सेवा लिन सकिने छ ।