शुक्रबार, बैशाख ०७, २०८१

भ्रष्टाचार गरेको आरोप लागेका शर्मालाई अदालतमा उपस्थित गराइयो

काठमाडौं,२१ जेठ । भ्रष्टाचारको अभियोगमा पक्राउ परेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सादा पोसाकका सुरक्षाकर्मी समेतको उच्च सुरक्षा घेरामा शर्मालाई अदालतमा ल्याइएको हो ।

शर्माले आफूलाई पक्राउ गरेर अख्तियारले संसद र सरकारको अपमान गरेको आरोप लगाए । उनले भने, ‘आयोगमा हामीले कानुन बमोजिम काम गरेका थियौं । आयोगले विधिसम्वत ढंगले काम गरेको छ । अहिले विधि, विधि निर्माण गर्ने संसद र आयोग गर्ने सरकारको अपमान भएको छ ।’

कर फर्छ्याैट आयोग मार्फत कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा शर्मालाई शुक्रबार कार्यालय समयमा लाजिम्पाटस्थित आन्तरिक राजश्व विभागबाट नै अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो ।