बिहिबार, असोज २४, २०८१

एमालेले प्रम निर्वाचन बहिस्कार गरि संसद् अवरोध जारी राख्ने

काठमाडौं,२१ जेठ । कौग्रेस सभापति शेरवहादुर देउवा प्रधानमन्त्री हुने पक्का भैरहेको वेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अन्ततः प्रधानमन्त्री चयन प्रक्रियामै सहभागिता नजनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री पदका लागि संसद सचिवालले गरेको उम्मेदवारी आह्वानलाई एमालेले बहिस्कार गरेको छ । प्रधानमन्त्रीमा देउवाको मात्रै उम्मेदवारी परेको छ । आइतबार संसदमा प्रधानमन्त्री चयन गर्ने कार्यसूचि छ ।

तर, एमालेले संसदको अवरोध खोलेको छैन । अवरोध जारी राख्ने र मतदानको प्रक्रियामा भाग नलिले उसले जनाएको छ ।

‘प्रधानमन्त्रीको चयन प्रक्रियामै हामीले असहमति जनाएका छौं,’ एमाले सचिव पृथ्वी सुव्वा गुरुनले भने, ‘राष्ट्रपतिको पत्र संसदमा टेबल नै नगरी प्रधानमन्त्री चयन प्रक्रिया अघि बढाइएकाले यो त्रुटीपूर्ण छ, यसमा एमाले सहभागी हुँदैन ।

प्रधानमन्त्री चयन गर्ने कार्यसूची रहेको भए पनि आइतबा र एमालेले संसदको अवरोध जारी राख्ने र देउवालाई प्रधानमन्त्री बन्न नदिने रणनीति अघि सारेको छ ।

एमालेले राष्ट्रपतिको पत्र संसदमा पढेपछि मात्रै प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया अघि बढाइनुपर्ने बताएको छ ।