बिहिबार, असार ०७, २०८१

कांग्रेस सभापति देउवाले प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता

काठमाडौं,२० जेठ । कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँ प्रधानमन्त्रीका लागि संसद सचिवालयमा उम्मेदवारी दर्ता गराएका छन् ।

देउवाको उम्मेवारीमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड प्रस्तावक छन् भने कांग्रेस नेता रामचन्द्र पौडेल र विजयकुमार गच्छदार समर्थक रहेका छन् ।

देउवाको उम्मेदवारी मनोनयन दर्ताको समयमा नेताहरु रामचन्द्र पौडेल, शेखर कोइराला, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुको उलेख्य उपस्थिति थियो ।

नयाँ प्रधानमन्त्री छनोटका लागि आइतबार संसदमा निर्वाचन हुँदैछ ।