आइतबार, माघ १३, २०८१

मन्थली र रामेछाप नगरकार्यपालीकामा काँग्रेस माओवादी गठबन्धन बिजयी

कैलाश खत्री,रामेछाप,१९ जेठ : रामेछाप जिल्लाको मन्थली र रामेछाप नगरपालिकाको नगरकार्यपालीका निर्वाचनमा काँग्रेस माओवादी गठबन्धनका उम्मेदवार बिजयी भएका छन् । नगर कार्यपालिका गठनका लागि दुवै नगरपालिकामा शुक्रबार भएको निर्वाचनमा काँग्रेस माओवादी गठवन्धनका उम्मेदवारहरु बिजयी भएका हुन् ।
सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाको कार्यपालिका गठनको लागि वडाबाट निर्वाचित भएर आएका महिला मध्येबाट नेपाली काँग्रेसका ३ र माओवादीका २ गरी ५ जना उम्मेदवार विजयी भएका छन् । जसमा काँग्रेसबाट यशोदा श्रेष्ठ, विमला रम्तेल, हिराकुमारी गिरी र माओवादी केन्द्रबाट ममिता श्रेष्ठ र शान्ति तामाङ विजयी भएका छन् ।
यसैगरी दलित र अल्पसंख्यक ३ जना खुल्ला सदस्य तर्फ काँग्रेसका निर्माण माझी र माओवादी केन्द्रका उद्धव रम्तेल र श्रीबहादुर माझी विजयी भएका छन् ।
कुल ७२ मत रहेको मन्थली नगरपालिकामा प्रमुख, उपप्रमुख तथा ५ वडा अध्यक्ष सहित ३० जना एमालेबाट निर्वाचित भएका छन् । १४ वटा वडा रहेको मन्थली नगरपालिकामा माओवादी केन्द्रको ४ वडा अध्यक्ष सहित २३ सिट रहेको छ । त्यस्तै नेपाली काँग्रेसको ३ वडा अध्यक्ष सहित १८ सिट रहेको छ । राप्रपाको एक सिट छ । नगरपालिकामा अब काँग्रेसका एक र माओवादीका २ जना प्रतिनिधि थपिएका छन् । काँग्रेस र माओवादीले गठबन्धन गरी चुनाव लडेपछि एमालेका सबै उम्मेदवारहरु पराजित भएका छन् ।
यसै गरी रामेछाप नगरपालिकामा पनि काँग्रेस माओवादी गठबन्धनले चुनाव जितेको छ । शुक्रबारै भएको निर्वाचनमा महिला तर्फ काँग्रेसका ३ र माओवादी केन्द्रका २ तथा महिला, दलित र अल्पसंख्यक खुल्लाबाट काँग्रेसका १ र माओवादी केन्द्रका २ जना निर्वाचित भएका छन् । महिलामा काँग्रेसका जमुना हायू, समिता विक र ज्ञानुदेवी वस्नेत कार्की तथा माओवादी केन्द्रबाट अनिता काप्mले र कविता रिसाल निर्वाचित भएका छन् । महिला, दलित र अल्पसंख्यकको खुल्ला तर्फ काँग्रेसका रुकुम हायू र माओवादी केन्द्रका जनकराज सुनुवार सरोज कुटुवाल विजयी भएका छन् । रामेछाप नगरपालिकामा कुल ४७ मतमा नेपाली काँग्रेसको १९, एमालेको १५ र माओवादी केन्द्रको ११ भोट छ । नगरकार्यपालिकामा नगरपालिकाका प्रमुख, उपप्रमुख र वडाअध्यक्षहरु स्वतह पदेन सदस्य हुने छन् । त्यस बाहेक नगर कार्यपालिकाको निर्वाचनमा चुनाव जितेर आएका वडाबाट निर्वाचित ५ जना महिलाहरु र खुल्ला तर्फ महिला, दलित र अल्पसंख्यक समुदायबाट ३ निर्वाचन जितेर आएका सदस्य रहने व्यवस्था छ ।