काठमाडौं । चीनमा जारी एसियाली खेलकुद अन्तर्गत भएको महिला फूटबलमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । सोमबार बेलुकी भएको खेलमा जापानसँग ८-० गोलले पराजित हुँदै नेपाल एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ ।
समूह ‘डी’ अन्तर्गत भएको खेलमा हाबी बनेको जापानले पहिलो हाफमा पाँच र दोस्रो हाफमा ३ गोल गर्दै जीत निकालेको हो । यसअघि भएको पहिलो खेलमा नेपाल भियतनामसँग २-० गोलले पराजीत भएको थियो ।
जीतसँगै चीन र भियतनामले समान ६-६ अंक जोडेको छन् । आजै भएको समूहको अर्को खेलमा भियतनामले बंगलादेशलाई ६-१ गोलले पराजीत गरेको हो । अब नेपालले अन्तिम खेलमा बंगलादेशको सामना गर्नेछ ।