जापान । गैरआवासीय नेपालीहरूलाई स्वदेशमा लगानी गर्न नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आग्रह गरेका छन।
टोकियोमा बुधबार गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानले आयोजना गरेको एक कार्यक्रममा नेपालमा लगानी बढ़ाउन आग्रह गरेका हुन।
नेपालमा लगानीको सम्भावना र एनआरएनएको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख वक्ताको रूपमा बोल्दै अध्यक्ष ढकालले नेपालको कुनैपनि क्षेत्रमा व्यवसायीका लागि प्रचुर सम्भावना रहेकोले ढुक्क भएर लगानी गर्न आग्रह गरे ।
विदेशमा बस्ने नेपालीहरूलाई नेपालमा लगानीका लागि आश्वस्त पार्दै भने- ‘नेपालमा लगानी लागि उपयुक्त वातावरण छ ढुक्कले जुनासुकै क्षेत्रमा लगानी गर्नुहोस ।’नेपालमा लगानीको वातावरण छैन भन्नु तथ्यहिन र वास्तविकतामा आधारित छैन।’अध्यक्ष ढकालले भने- रेडिमेट रूपमा कहि र कतै व्यावसायका लागि बनिबनाउ नहुने भएकोले आफैले प्रयत्न गरिनुपर्छ ।
नेपालमा जलविद्युत, पर्यटन, कृषि, पशुपालन र सेवामुलक क्षेत्रमा व्यापक सम्भावना भएको रहेको उल्लेख गर्दै उनले मुख्य त पर्यटनको क्षेत्रमा धेरै नै सम्भावना रहेको बताए ।
आफूले नेपालका ७ वटै प्रदेशमा केबलकार संचालन गर्ने योजनासहित काम गरिरहेको बताउदै एकिकृत पर्यटकीय संरचनामा यसले सघाउ पुर्याउने बताए । भैरहवा- पाल्पा, नवलपुर, चन्द्रागिरीमा केबलकार संचालनमा आइसकेको जानकारी गराउदै उनले अब सिक्लेस, कर्णालीको चिसापानी र पाथिभरामा सञ्चालनको लागि तयारी भैरहेकों बताए ।
विकसित देशमा प्रयोगमा आएको एग्रो प्रविधिलाई नेपालमा उपयोग गर्दै छोटो दुरीको उडान भएका देशमा निर्यात गरिनुपर्ने धारणा राखे । यसको लागि लगानी जुटाउन तथा प्रविधि भित्राउन गैरआवासीय नेपाली संघले विभिन्न मुलुकमा रहेका नेपाली व्यवसायीहरुको पुँजी लगानीको लागि विशेष पहल गर्न आव्हान समेत गरे ।
गैरआवासीय नेपालीहरूसँगको सहकार्यमा आइएमई ग्रुपले जलविद्युत्, पर्यटन पूर्वाधार तथा अन्य धेरै क्षेत्रमा सहकार्य गरिसकेको बताउँदै नयाँ व्यवसायी क्षेत्रमा लगानी र प्रविधि भित्राउन सकियो भने आफ्नो देशलाई योगदान गर्नुका साथै उल्लेख रुपमा मुनाफा पनि लिन सकिने ढकालको भनाई थियो ।
गैर आवासीय नेपालीहरुले नेपालमा लगानी गर्न चाहेमा महासंघको तर्फबाट सहजीकरण गर्न आफूले नेतृत्व गर्ने उनको भनाइ थियो ।
कार्यक्रममा गैरआवासीय नेपाली सङ्घका कार्यकारी अध्यक्ष डा. बद्री केसी, उपाध्यक्ष महेश श्रेष्ठलगायतले विदेशमा रहेका नेपालीले बिदेशमा अलि अलि गरेर जम्मा गरेको रकमलाई नेपालमा सहि ठाउमा लगानी गर्न आग्रह गरे ।
सन् १९९४ मा जापान आएर १ वर्ष बसी नेपाल फर्केर व्यावसायिक जीवन सुरु गरि त्यसैमा छलाङ मारेका अध्यक्ष तथा व्यावसायी ढकालले कान्सोडियम बनाएर जापानको लगानी देखिने हिसाबले नेपालमा लगाउन आग्रह गरे ।
कार्यक्रम गैरआवासीय नेपाली संघका जापान अध्यक्ष नविन निउरेको अध्यक्षता उपाध्यक्ष सिद्दार्थ श्रेष्ठको स्वागत मन्तव्य र महासचिव टिकाराम खरेलको संचालनमा सम्पन्न भएको थियो ।

