बिहिबार, असोज २४, २०८१

एनआरएनए जापानको सदस्यता लिने समय ४ दिन थप

टोकियो । एनआरएनए जापानले नयाँ सदस्यता लिने र नविकरण गर्ने समय ४ दिन थप गरेको छ ।  पुर्वघोषीत समय सीमा हिजो सकिए पनि, सदस्यता लिन चाहने व्यक्तिहरुको संख्या अधिक रहेको कारण हिजो बसेको केन्द्रीय कार्यसमितिको बिशेष  समय सीमा थप गरेको हो ।

एनआरएनए जापानका अध्यक्ष सुदन थापाद्वाराजारी विज्ञप्तिका अनुसार यहि  जुन ४ तारिख आइतबार राति १२ बजे सम्मको लागि समय थप गरिएको  छ । साथै यो थपिएको समयमा  नयाँ सदस्यता  लिखने तथा नविकरण गर्न चाहने महानुभावहरुले  जतिसक्दो छिटो  गरी थपिएको समय सीमाको सदुपयोग गर्नकालीन लागि आग्रह पनि गरिएकोछ ।

सदस्यता  लिन तथा नविकरण गर्नका लागि यो प्रकृया अप्नाउन सकिनेछ ।

⭕️नया सदस्यता तथा नबिकरणका लागि एनआरएनए जापानको ( JP POST 10010-52370361 ) खातामा प्रतिव्यक्ति १,००० येन दाखिला गरि भौचर मा लेखिएका मिति , ATM नम्बर ,जम्मा गरेको कुल रकम , भौचरको फोटो ,आफ्नो फोटो ,परिचय कार्ड लगायतका कुरा हरु एनआरएनए एप मार्फत फारम भर्दा संगै पठाउनु पर्ने छ l

⭕️फोटो ,परिचय कार्ड राखेर फारम भरि सक्नु भएका तर एनआरएनए जापानको ( JP POST 10010-52370361 ) खातामा सदस्यता सुल्क १,००० येन नराख्नु भएका हरुले एनआरएनए जापानको खातामा पैसा जम्मा गरि आफ्नो एपमा रहेको MEMBERS,S LOGIN मा गएर आफ्नो फोन नम्बर र पास्वोर्ड राखेर लगइन गरेर ADD RECEIPT मा गएर बैंक भौचरमा लेखिएका मिति , ATM नम्बर ,जम्मा गरेको कुल रकम जस्ता कुरा लेखि साथ मा भौचर नत्थी गरि पठाउनु पर्ने छ l

⭕️नबिकरणको लागि आफ्नो आइडी नम्बर जस्तै:001-001500 र हामीले उपलब्ध गराएको अस्थाई पासओर्ड राखी आफ्नो फोन नम्बर र आफुले सम्झने स्थाई पासओर्ड राख्नु पर्ने छ ,फोन नम्बर र स्थाई पासओर्डले तपाई लाई एनआरएनए एपमा लगइन गर्न सहयोग गर्ने छ,आफ्नो स्थाई पासओर्ड गोप्य रुपमा राख्न अनुरोध छ l अस्थाई पासओर्ड हराउनु भएका महानुभाब हरुले जानकारी को लागि कार्यसमिति संग सम्पर्क गर्न सक्नु हुने छ l

⭕️तपाईले फारम भरे पछि सर्बप्रथम पेनडिंग अवस्थामा रहने छ तपाईले पठाउनु भएको आफ्नो फोटो ,परिचय कार्ड ,सदस्यता सुल्क तिरेको चेक जाच गरि पुरा आएका फारम लाई प्रमाणित गरिने छ ,अनिबार्य रुपमा फोटो, परिचय कार्ड ,सदस्यता सुल्क तिरेको भौचर अनिबार्य रुपमा राख्नु पर्ने छ l
⭕️एनआरएनए जापानको ( JP POST 10010-52370361 ) खातामा सदस्यता सुल्क १,००० येन राख्नु भएका तर फोटो ,परिचय कार्ड नराख्नु भएका महानुभाब हरुले यथासिघ्र समिति लाई आफ्नो सदस्यता आइडी नम्बर पठाई पुन एकपटक सुरुबाट फारम भर्न अनुरोध छ l

⭕️सदस्यता बन्ने क्रममा तपाइले राख्नु भएको फोन नम्बर प्रयोग भै सकेको साइन आएमा यथासिघ्र समिति संग सम्पर्क गरिदिन अनुरोध छ l एक फोन नम्बर एक सदस्य बन्नमा मात्र प्रयोग हुने छ l

⭕️सबै प्रक्रिया पुरा गरि सक्नु भएका महानुभाब हरुले एनआरएनए जापानको एपमा रहेको MEMBERS,S LOGIN मा गएर आफ्नो फोन नम्बर र पास्वोर्ड राखेर लगइन गरि आफ्नो सदस्यता प्रमाणित भए नभएको हेर्न सक्नु हुने छ ,सदस्यता पेनडिंग आएको खण्डमा यथासिघ्र सम्पर्क गर्न अनुरोध छ l पेनडिंगमा रहने कारणहरु फोटो ,परिचय कार्ड र सदस्यता सुल्क तिरेको भौचरको फोटो मध्य एक नहुनु हो या सबै नहुनु हो l फारम भर्दा आफ्नो इमेल ठेगाना राख्नु भएको खण्डमा तपाईको सदस्यता सम्बन्धि जानकारी इमेलमा दिइने छ l

⭕️सदस्यता फारम भर्न सुरु गरे पछि आफ्नो फोटो र परिचय कार्ड राखे पछि मात्र अन्त्य गर्नु होला बिचमै छोड्नु भएको खण्डमा तपाईको फारम फोटो र परिचय कार्ड बिनानै जम्मा हुने छ र पछि नया फारम भर्दा तपाईले प्रयोग गर्नु भएको फोन नम्बर प्रयोग भै सकेको साइन आउने छ l
फारम भर्दा कुनै पनि समस्या भएमा तुरुन्त एनआरएनए जापान क्षेत्रिय समिति अथवा कार्यसमिति संग सम्पर्क गर्न सक्नु हुने छ l