बिहिबार, साउन १०, २०८१

नेपालको लागि हुण्डाई गाडीको आधिकारिक विक्रेता ‘हुण्डाई एक्ट्रा’ सार्वजनिक

काठमाडौं । नेपालको लागि हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकण्टिनेन्टलले ‘हुण्डाई एक्ट्रा’ सार्वजनिक गरेको छ । मंगलबार नाडा अटो शो २०२३ मा अर्थमन्त्री प्रकाश शरण महतबाट अनावरण गरिएको ‘एसएक्स’ भेरियन्टको ‘हुण्डाई एक्ट्रा- एसयूभि’ बिक्री सुरु गरिएको हो ।

हुण्डाई एक्ट्रा ५ सिटर कम्प्याक्ट एसयूभी (ई, एस, एसउक्स, एसएक्स-ओ) गरी चार भेरियन्टमा हुण्डाई एक्ट्रा ल्याउने जनाइएको छ ।

त्यस्तै, हुण्डाइ एक्ट्रामा आकर्षक ड्यासबोर्ड, उत्कृष्ट तरिकाले दिइएको एसी भेन्ट, इन्फोटेन्मेन्ट स्कृन, डोर ट्रिम लेआउट, क्लाइमेट कन्ट्रोल नब, थ्री स्पोक स्टेरिङ ह्वील र डिजिटल इन्ट्रुमेन्ट क्लष्टर पाउन सकिन्छ । भने, क्रुज कन्ट्रोल, ६ वटा एयरब्याग, इलेक्ट्रीक शनरुफ, टायर प्रेसर मोनिटरिङ सिस्टम, रियर एसी भेन्ट, पुस स्टार्ट बटन, किलेस इन्ट्री जस्ता फिचरहरु रहेका छन् ।