जापान । दोस्रो गलकोट कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२३ को उपाधि गलकोट स्पोर्ट्स क्लब टोकियोलाई पछि पार्दै घुम्टे युवा परिवार जापानले उपाधि चुमेको छ ।
गलकोट समाज जापान क्षेत्रीय समिति कान्साइ ओसाकाद्वारा आयोजना गरि सम्पन्न उक्त भलिबल प्रतियोगितामा भएको फ़ाइनलमा गेमको सोझो २ सेट आफ़नो पक्षमा पार्दै उपाधी चुम्न सफल भएको हो ।
नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवासमा रहेर पनि संरक्षण प्रवर्द्धन र खेलाडी र खेलको विकासका लागि संस्थाले दोस्रो संस्करणको रूपमा प्रतियोगिता संचालन गरेको हो । दोस्रो सस्करणमा विजेताको उपाधि चुमेको घुम्टे युवा परिवार जापानले ३ लाख ५५ हज़ार५५५ येन नगद ट्रफी र प्रमाण पत्र पाउदा उप विजेता भएको गलकोट स्पोटर्स क्लब टोकियोले २ लाख २२ हजार २२२ येन नगद प्रमाण पत्र र ट्रफी हात पारेको हो ।
जापानको ओसाकामा संचालन प्रतियोगिता तुलनामा व्यापक दर्शकको उपस्थिति रहेको सम्पन्न प्रतियोगितामा सहभागी १२ टिम मध्यबाट गलकोट समाज जापान र एनवाइएससीले सन्त्वनामा चित्त बुझाउन बाध्य भएका थिए । उनीहरूले ५५ हजार ५५५ र प्रमाण पत्र हात पारी मन बुझाऊनु परेको थियो ।
प्रतियोगितामा प्रमुख अतिथिको रूपमा सहभागिता जनाएककी गलकोट समाज जापानकी अध्यक्ष कालिका थापाले परदेश को व्यस्त समयमा पनि राष्ट्रिय खेल भलिबलको विकास र खेलाड़ीलाई क्रियाशील बनाई राख्न यस्ता प्रतियोगिता संचालन गरिनु सुखद कुरा भएको बताए ।
समाजिक सेवा र मातृभूमि प्रति गरेको सहयोग गर्ने समाजका विभिन्न १० जनालाई दोसल्ला ओढ़ाएर सम्मान पत्रसहित सम्मान सम्मान गरिएको थियो ।
कार्यक्रममा भलिबल खेल संचालनमा महत्वपूर्ण योगदान गर्ने एम्पाएरलाई समेत प्रमाणपत्र र मायाको चिनोद्वारा सम्मानित गरिएको थियो ।
विजेता टिम घुम्टे युवा परिवार जापानबाट निलम सिंहले वेस्ट प्लेयर, मनोज केसीले वेस्ट डिफेण्डर र रमेश खड्काले वेस्ट सेटरको उपाधी चुम्न सफल भएका थिए भने उपविजेता टिम गल्कोट स्पोर्ट्स क्लव टोकियोबाट रेसम बस्नेतले वेस्ट स्पाईक र सुनिल बस्नेतले वेस्ट ब्लकरको उपाधी चुम्न सफल भएका थिए।
खेल अवधिभर उत्कृष्टता प्रदान गर्ने खेलाडीलाई ऊर्जा प्रदान गर्नको लागि प्रत्येक गेममा मेन वो द म्याच, खेल अवधि भर उत्कृष्टता प्रदर्शन गर्ने वेष्ट प्लेअर, वेष्ट सेटर वेष्ट बल्कर, वेष्ट डिफ़ेण्डर र वेष्ट सपाइकरलाई नगद सहित मायाको चिनो र प्रमाण पत्र प्रदान गरिएको अध्यक्ष रामु साहानीले बताए ।
ओसाकामा सबै सबैको साथ सहयोगबाट भातृत्वको विकास गर्न सघाउ पुर्याउने लक्ष्यका साथ आयोजित प्रतियोगिता सफलता साथ सम्पन्न गर्न पाउदा आफूलाई आत्मसन्तुष्टि मिलेको गलकोट समाज जापानका उपाध्यक्ष शिबु थापाले बताए ।
खेललाई मर्यादित विवाद रहित बनाउनका लागि व्यवस्थित टाईसिट तयार गरि जापानमा रहेका खेलाडीले बिश्वास र भरोसा गर्ने एम्पाएरको टिम तयार गरेकोले खेल संचालनमा सहजता भएको खेल संयोजक नारायण भण्डारीले बताए ।
कार्यक्रमको उदघाटन सत्रको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष रामु साहानी र कार्यक्रमको संचालन नरबहादुर थापाले स्वागत मन्तव्य उपाध्यक्ष नारायण थापाले गरेका थिए ।