शनिबार, असोज २६, २०८१

टोकियो र नागोयामा हुने स्याङ्जा समाजको तिज धमाका २०२३ तयारी पुरा

जापान । स्याङ्जा समाज जापानले तीज धमाका २०२३ कार्यक्रमको तयारी पुरा भएको छ । समाजका अध्यक्ष चित्र गुरुङका अनुसार कार्यक्रम आउँदो सेप्टेम्वर १६ तारिख शनिवार नागोया नागोयासी नाकावार्ड ओशु नोबुनागा हल खामिमाएजु स्टेशन बाट ८ अथवा ९ नम्बर एक्जिट बाट हिडेर ३ मिनेट मा हुँदैछ भने सेप्टेम्बर १७ तारिखमा आईतबार दर खाने दिन टोकियोमा ओजी स्टेशनमा रहेको चुजुजी हलमा आयोजना गरिने भएको छ ।

समाजको स्थापना कालदेखि नै जापानको टोकियो, नागोया लगाएत विभिन्न शहरहरुमा नेपालका ख्याती प्राप्त कलाकारहरुलाई आमन्त्रित गरी जापानमा रहेका नेपाली महिला दीदी बहिनी हरुलाई तीजको मनोरन्जन प्रदान गर्दै आईरहेको स्याङ्जा समाज जापानले जापानबासी नेपाली समुदायहरुको तीजको प्यास मेटाउनको लागि यसपटक जापानबासी नेपाली समुदायहरुको तीजको प्यास मेटाउनको लागि यसपटक दोहोरी च्याम्पीयन “प्रकाश पराजुली” आउने पक्का भएको छ । प्रकाशसँगै चर्चित गीत “झ्यालमा पर्दा छ” गीतका गायिका सुमन थापा मगर, चर्चित तीज गीत “घर सुन्यै भो” का गायक घनश्याम रिजाल, चर्चित कार्यक्रम उद्घोषिका एवं उमादेवी खनाल, चर्चित गीत “आफ्नै मन घाईते बनाउँछु” का गायक युवराज आचार्य, चर्चित गीत “जापानलेनी धोको पुर्यायो” का गायक समुन्द्रराज पौडेल, ईश्वर थापा लगाएत विभिन्न ख्याती प्राप्त कलाकारहरुसंगै जापानमा रहेका कलाकारहरुको प्रस्तुती सहितको कार्यक्रम आयोजना गर्न लागिएको हो।

यस कार्यक्रम मनोरन्जनका लागि मात्र नभई कार्यक्रमबाट उठेका बचत रकमबाट जिल्लाका दुर्गम गाउँहरुमा “दन्त शिविर” साथै आपत कालीन “राहातकोष सहयोगार्थ“आयोजना गर्न लागिएकोले सम्पूर्ण जापानबासी दाजुभाई तथा महिला दीदी बहिनीहरूले भरपूर मनोरन्जन लिँदै यो पून्यको काममा सहभागी भईदिनुहुनको लागि समाजका क्षेत्रीय समिति नागोयाका अध्यक्ष मित्र सिग्देलले अनुरोध गरेका छन्।
समाजले गर्ने बार्षिक कार्यक्रम सबै ठाउँमा भव्य र सव्य तबरले सफल पार्नको लागि टोकियोमा निवर्तमान अध्यक्ष धुर्व ज्ञवाली र नागोयामा क्षेत्रीय बरिष्ठ उपाध्यक्ष राजेन्द्र लम्साल लाई संयोजक तोकिएको छ ।