बिहिबार, बैशाख ०६, २०८१

जथाभावि बाटो काट्ने यात्रु कार्वाहिवाट एकै दिनमा ४ लाख बढी उठ्यो

काठमाडौं,१६ जेठ । ट्राफिक प्रहरीले आज दिनभरमा काठमाडौं उपत्यकामा जथाभावी बाटो काट्ने ३ हजार ३ सय ५० जनालाई नियनत्रणमा लिएर कारबाही गरेको छ ।

यसमध्ये २ हजार १ सय २० जनाले २ सय रुपैयाँ जरिवाना तिरेका महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक मधुसुदन सिलवालले बताए । यसबाट ट्राफिकले पैदलयात्रुसँग एकैदिनमा ४ लाख २४ हजार रुपैयाँ जरिवना उठाएको छ ।

जरिवना तिर्न नसक्ने र नचाहने १ हजार २ सय २८ जनालाई ३ घण्टा प्रहरीको कार्यालयमा नियन्त्रणमा राखेर छाडिएको छ । उनीहरुलाई आधा घण्टाको सचेतना कक्षा समेत लिइएको सिलवालले बताए ।